Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत ०४, २०८२
☰
Logo बुधबार, चैत ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • ८. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

यमोसा अर्थात् (पितृ औंसी) मनाउँदै चितवनका थारु समुदाय

रत्ननगर,असोज २७

चितवनका थारु समुदायले शनिवार दोस्रो ठूलो पर्व यमोसा अर्थात् (पितृ औंसी) मनाउँदैछन् । दिवंगत भएका आफन्तहरुको सम्झनामा मनाइने यो पर्वको छुट्टै महत्व छ । यमोसा पर्वमा थारु समुदायका सम्पूर्ण व्यक्तिहरुले पितृलाई तर्पण गर्ने गर्दछन् । शुक्रवार व्यक्तिगत वा सामुहिकरुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा घौका, जाल, डेली, कोइनी, ढडिया आदि सरसामान लिई माछा मारेका थिए । आज (शनिवार) यमोसाको दिन बिहानै पुरुषहरु आफूले देखेका दाभी (सिरु) काटी ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाइ धोइपखाली घर अगाडि गाईको गोबरले पोतेको ठाउँमा पिर्का वा कुर्सीमा सो सिरुको मुठा राखी पितृ स्थापना गरिन्छ । त्यसलाई थारु भाषमा (पहुनी बेठोइ) भनिन्छ । पहुनीलाई विभिन्न थरिका फूलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखेर यो पर्व मनाइन्छ । यो पर्व सोमवार बिहान समापन हुन्छ ।

यमोसा (पितृऔंसी) को परिचय

थारु जाति संस्कृति सम्पदा भरिपूर्ण भएको समुदाय हो । थारु जातीले वर्षभरिमा दर्जनौं पर्वहरु मनाउँछन् । प्रत्यक पर्वको छुट्टै पहिचान, चिनारी अनि महत्व छ । यी पर्वहरुमध्ये यमोसा (पितृऔंसी) पर्व पनि एउटा ठूलो पर्व हो । यो पर्व चितवन अनि नवलपरासीका थारु समुदायले मात्रै मनाउने गर्दछन् । अन्य जिल्लाका थारु समुदायले भने यो पर्व मनाउदैनन् । वर्षभरिमा मृत्यु भएको हजुरबुबा, हजुरआमा, आमा, बुबा सम्झिने गर्दछ अनि त्यही दिन औंसी पनि परेको हुनाले यो पर्वलाई पितृ औंसी पनि भन्ने गरिन्छ । यो पर्व दसैंको घटस्थापनाको ठीक अगाडिको दिनमा पर्ने गर्दछ ।

यमोसा पर्व दुई दिन धुमधामले मनाउने गरिन्छ । यमोसाको अगाडिको दिनमा माछा मार्ने गरिन्छ । त्यो दिनमा एक्लै अथवा समुहमा मिलेर ताल पोखरी नदीहरुमा घौंका, जाल, कोईनी, ढडिया, डेली सामानहरु लिएर माछा मर्न जाने चलन छ । अर्को दिन अर्थात आज (आइतवार) यम्वासाक दिनमा बिहानैं पुरुषहरु आफूले देखेको सिरुको घाँस काटेर ल्याउने गर्दछन् । सिरुको घाँस राम्रोसँग निफनेर एक हात जति लामो कुचोको मुठा बनाएर बाँध्ने गर्दछन् । घरको अगाडि आँगनमा पिर्कामा राखेर बसाउने कुचोको मुठोलाई पहुनी बसालेको भनिन्छ । पहुनीलाई घेरै किसिमको फुलमाला हालेर सजाइदिने गरिन्छ । पाहुनीलाई घाँम नलागोस भनेर छाँता ओढाउने पनि गरिन्छ । पाहुनीको अगाडि सुकमेल, सुपारी, रक्सी, चुरोट, सुर्ती राखिदिने गरिन्छ । त्यो दिन बिहानै साना बच्चा बच्चीदेखि लिएर बूढाबूढीसम्मका सबैले पहिल्यै मृत्यु भइसकेका हजुरबुबा, हजुरआमा, बुबा, आमाहरुलाई सम्झेर कुश पानी चढाई सम्झी पानीले नुहाईदिने गरिन्छ । नुहाईसकेपछि सफालुगा लगाएर पाहुनीको अगाडि बसेर घरका सम्पूर्ण परिवार मिलेर अलिअलि पानी अनि रक्सीको थोपा चढाउने गरीन्छ । त्यस्पछि मात्रैे भात अनि अरु खानेकुरा खान मिल्ने गर्दछ ।

पहिला सुरुमा आफ्नो छोरीज्वाई अनि अन्य पाहुनालाई बोलाएर आदर सम्मानका साथ चौंरासी व्यञ्जन खुवाउने गरिन्छ । (यस्लाई पितरी बसालेको भनिन्छ) घरमा आएका पाहुनाहरुलाई खाना खुवाएर मात्रै आफु अनि घरका अन्य सदस्यहरु खाना खान बस्ने गरिन्छ । अनि केटीहरुले पाहुनाहरुलाई कपालमा तेल लगाएर काङ्गीयोले कपाल कोरिदिने गर्दछन् । त्यसपछि उल्टो नाङ्लोमा पानी हालेर पाहुनाहरुलाई पानी छर्किने गरिन्छ । यस्लाई पित पितराईन लखेटेको भनिन्छ । त्यो घरमा जोसुकै आएपनि त्यो दिनमा पाहुना आएको भन्ने गरिन्छ । अनि पाहुनालाई केहि खानेकुरा जस्तै रक्सी, जाँड, मासु भात, खुवाएर आदर सम्मानका साथ मात्रै बिदा गर्ने गरिन्छ । यमोसाको दिनमा पाहुनाहरुलाई पितृगणको रुपमा हेर्ने चलन छ । यस्तै खानपिन दिनभरी चलिरहन्छ । यता गाउँका सम्पूर्ण मानिसहरु एकैठाउँमा भेलाभई पिङ खेली रमाईलो गर्ने गरिन्छ । पहिले पहिले एउँटै ठूलो रुखमा पाँच छ ओटा पिङ हाली खल्ने गरिन्थ्यो । अनि केटाहरु साँझ पख गाउँको चोकमा गई सिरु घाँसले बाटेको डोरी म्वाढ्हा गाड्छन अनि बलिया बलिया मानिसहरुले त्यस्लाई उखाल्न कोसिस गर्ने गर्दछन् । साँझ पख स–साना केटाकेटीहरु ग्रुप ग्रुपमा मिलेर सम्पूर्णको घर घरमा गई यमोसा खाने चलन छ । प्रत्यको घरमा धेरै किसीमको परम्परागत गीतहरु गाएर यमोसा खाने गर्दछन् । उनीहरुले गाउने थारु गीतहरुका केही अंश यसप्रकारका छन् ः

गीत नं. १ डौली डौली मोदवा देले दबकाई
मोदहर्नीक मोदवा घुघल बाजे
बौरी बौरी मोदवा देले निसकाई

गीत नं. २ भन्साक लकर–तकर मजीघर छमाकरी,
कते गेल मैनामोती भात रचे याउरी, भात रचे याउरी

गीत नं. ३ पाता परैय गेल, भात परैय गेल,
दाली परैय गेल, मासु परैय गेल,
यौर परल गजमोती जेवहुँ सभरे,
गोतियवा–गोतिनिया मन चितलाई

तर अब ती गीतहरु, ती म्वाढ्हा र पिङहरु, पितरी र पिलपित्रायनहरु, ती पाहुना पहुनी र हरुसबै सबै लोप हुँदै गईरहेको थारु कल्याणकारिणी चितवनका सभापति ललित कुमार चौधरीले बताए । पछिल्लो समयमा यस्ता परम्परागत गीतहरु हराउदै गएको हुनाले आगामी दिनहरुमा यसको संरक्षण गर्न आवश्यक देखिएको उनको भनाई छ ।

हाम्रो देशको सन्दर्भमा सर्वस्वीकार्य र सर्वमान्य तथ्य कुरा के हो भने नेपाल एक बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक हो । दर्जनभन्दा बढी धर्म, सयभन्दा बढी भाषाभाषी र जातजाति तथा त्यसभन्दा पनि कैयौं बढी रितिरिवाज, परम्परा, चालचलन, संस्कार तथा संस्कृतिहरु नेपालको गौरव र गरिमामय चिनारी हुन् । जातीय विविधता तथा सांस्कृतिक विविधता हामी सम्पूर्ण नेपाल र नेपालीको राष्ट्रिय पहिचान हो । त्यसकारण सबै किसिमका संस्कृतिहरु समान रुपमा हुर्कने र मौलाउने वातावरण देशमा हुन सकेको खण्डमा सयौं थुँगा फूलका हामी एउटै माला नेपाली राष्ट्रगानको औचित्य हुनसक्छ । त्यसैले हाम्रा सबै किसिमका संस्कृतिहरुलाई एउटै प्लेटमा सजाएर सलाद संस्कृति को रुपमा विकास गर्नुपर्छ ।

जसरी सलादमा विभिन्न प्रकारका फलफूल लगायत गाजर, मूला, काक्रो इत्यादी एउटै प्लेटमा पस्केर हरेक टुक्रा सलादको फरक स्वाद लिन पाइन्छ, त्यसैगरी एउटै स्थानमा थुप्रै किसिमका संस्कृतिहरुको विकास भएमा फरक फरक सांस्कृतिक स्वाद लिन र पस्किन पाइन्छ । तर यहाँ एकात्मवादी, महेन्द्रवादी तथा यथास्थितिवादी सोंच र चिन्तन बोकेका केही सघंसंस्था वा निकायका प्रमुख, शासक, प्रशासक तथा व्यक्तिहरुले अझै पनि एउटै भाषा, एउटै धर्म र एउटै संस्कृतिको जालो बुनीरहेका छन् । थारु समुदायमा स्वतन्त्र रुपमा हुर्कने र मौलाउने वातावरणको अभावमा लोपोन्मुख अवस्थामा रहेको एउटा अमूल्य सांस्कृतिक पर्व यमोसा अर्थात् पितृऔंसी पनि हो ।

Chitwan Aaja चितवन आज
शनिबार, असोज २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार
राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

ताजा समाचार

सबै

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

करिब १० कठ्ठा अवैध अफिम खेती प्रहरीद्वारा फडानी

प्रत्येक दिन जनताले दिएको भोटको जिम्मेवारी लिनुपर्छ : रवि लामिछाने

पश्चिम एशिया युद्धका कारण मलको मूल्य ३० प्रतिशतसम्म बढ्यो, आपूर्ति संकट गहिरिने चेतावनी

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायीत्व हुँदैन

सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घट्यो , कतिमा हुदैँछ कारोबार ?

कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने

पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.