चितवन, असोज २४
एकआपसमा जुध्दा चितवन राष्ट्रिय निकुञ्जको पोथी गैंडाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणको संयुक्त गस्ती टोलीले निकुञ्जको कोर क्षेत्रअन्तर्गत पर्ने खोरियामुहान पोष्टको कार्य क्षेत्र अन्तर्गत भेल्लर घारीमा गैंडा असोज २१ गते मृत फेला पारेको हो ।
गैंडाहरु आपसमा जुधेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । मृत्यु भएको गैंडा २५ वर्षको भएको अनुमान गरिएको छ ।
यससँगै गत साउन यता विभिन्न कारणबाट मर्ने एक सिंगे गैँडाको संख्या ५ पुगेको छ ।







