चितवन, १६ असोज
भरतपुर १० मा रहेको प्रेसिडेन्सी कलेजमा अनेरास्ववियुको नयाँ कमिटी गठन गरिएको छ ।
आज भएको भेलाले आयुष्मा शर्माको नेतृत्वमा २९ सदस्यीय कमिटी सर्वसम्मतबाट चयन गरेको हो ।
कमिटीको उपाध्यक्षहरुमा अपेक्षा श्रेष्ठ, आरोन जोशी , सचिवमा सन्ध्या क्षेत्री , सहसचिवहरुमा केशव खन्ना,नविन भण्डारी, अभिषेक रानाभाट , कोषाध्यक्षमा रिया देवकोटा, महिला विभाग प्रमुखमा सगुन गुरूङ र अखिल फोर्समा रमन थापा चयन भएका छन् ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनयिन (अनेरास्ववियु) चितवनले प्लस टु कमिटी गठन गर्नका लागि अभियान नै चलाएर विभिन्न विद्यालयमा पुगि कमिटी गठन गरिरहेको छ । त्यसैको स्वरुप आज प्रेसिडेन्सी कलेजमा कमिटी गठन गरिएको हो ।
अनेरास्ववियु चितवनका जिल्ला सहसचिव प्रदिप पराजुलीको प्रमुख उपस्थितिमा रहेको थियो ।
अनेरास्ववियु जिल्ला कमिटी सदस्य कुशल ढकालले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी नेताहरु सन्दिप अधिकारी, गोकुल पाण्डे, रोशन चौहान, हरि पौडेल, राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटी सचिवालय सदस्य आयुष अर्याल लगायतको उपस्थिति रहेको थियो ।
नयाँ बनेको कमिटीलाई प्रमुख अतिथि जिल्ला सहसचिव प्रदिप पराजुलीले पद तथा गोपनियाताको शपथ खुवाएका थिए ।