भरतपुर, असोज १४
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले भरतपुरमा अभिकर्ता भेटघाट तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा कम्पनीका चिफ बिजिनेस अफिसर सूर्यप्रकाश गुप्ता र रिजनल मेनेजर मदन गाहाको उपस्थितिमा व्यवसायीक सिप तथा क्षमता अभिवृद्धिबारे विशेष प्रशिक्षण गरिएको थियो ।
भरतपुर हाकिमचोकको सिएमटी रिसोर्टमा सम्पन्न कार्यक्रममा भरतपुर र यस आसपासका गरि उत्कृष्ट विजनेश गर्न सफल ९० जना भन्दा बढी अभिकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको हाकिमचोक शाखाका प्रदिप पराजुलीले जानकारी दिए ।
विमा क्षेत्रमा सफल दुई कम्पनी सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाईफ इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले गत चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार