काठमाडौं, १४ असोज
स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भएको हो ।
गत शुक्रबार सुन प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख सात हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी प्रतितोला ३५ रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार