चितवन । पुर्वि चितवनको रत्ननगर २,टाँडी स्थित सिनेमा रोडमा रहेको भण्डारी फेसन कलेक्सनमा आगलागी भएको छ।
मंगलबार साँझ ८ बजे नवीन धितालको घरको पहिलो तलामा भएको आगोलागीबाट दुई वटा सटर भित्रको सम्पूर्ण सामान पूर्ण रुपमा नष्ट भएको चितवन प्रहरीले जानकारी दिएको छ । नवीन धितालको घरमा राप्ती नगरपालिका २ बस्ने गणेश भण्डारीले भण्डारी फेसन कलेक्सन (फेन्सी पसल) सञ्चालन गरेका थिए । सटर बन्द भएको अवस्थामा अचानक आगो लागेको थियो । आगो के कति कारणले लागेको भन्ने विषय खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
भरतपुर महानगरपालिका,रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाको वारुण यन्त्रको संयुक्त प्रयासमा सो आगालागी नियन्त्रणमा आएको छ।







