Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ३०, २०८२
☰
Logo सोमबार, चैत ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ३. ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ४. रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ५. लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ६. पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

  • ७. चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • ८. सर्लाहीमा सशस्त्र प्रहरीको कडाइ : ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा

  • ९. बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

  • १०. स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

तीज : मौलिकता गुम्दै, विकृति मौलाउँदै

-ध्रुवसागर शर्मा
म्याग्दी, ३० भदौ
हिन्दू महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ ।

तीजको बेलामा सबै जान्छन् मेलामा,
म छोरीको आँशु खस्यो दैला ठेलामा ।
तीजको लहर आयो बरीलै ।

केही वर्षअघिसम्म हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरु गुञ्जन्थे । तीजका यस्ता गीतले महिलाले सासू–ससुरा र श्रीमान्को खटनले मन लागेका बेलामा माइत जान नपाइएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे । तर पछिल्लो समय यो चलन र गीत हराउँदै गएका छन् ।

तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको बेनी नगरपालिका–२ की ७१ वर्षीया गोमादेवी उपाध्यायले बताउनुभयो । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको उहाँको गुनासो छ ।

उपाध्यायले विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भन्नुभयो, “म सानो छँदा गाउँघरमा मादलको तालमा सुखदुःख समेटिएका गीत गाउँदै छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झन्छु । आजभोलि तीजका गीत सुन्दा तीजका हुन् कि रत्यौलीका छुट्याउनै गाह्रो हुन्छ ।”

विगतका दिनमा गाउँघरमा साथी सहेली, फुपू अमजु, ठूलीआमा, सानीआमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उपाध्यायले अनुभव सुनाउनुभयो । “आजभोलि त हामीले मनाउने तीज, तीजजस्तो लाग्दैन, उच्छृङ्खल, तडकभडक र देखासिकीको चाडजस्तो लाग्छ”, उहाँले भन्नुभयो ।

दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको मौलिकपन नहुँदा गोमादेवी मात्रै होइन, पुरानो पुस्तादेखि नयाँ पिँढीका महिला पनि चिन्तित छन् । बेनी मङ्गलाघाटकी अमृतदेवी बानियाँले पनि चाडपर्वका नाममा पछिल्लो समय पश्चिमी संस्कार हाबी भएको दाबी गर्नुभयो । महिला अधिकारकर्मीसमेत रहनुभएकी बानियाँले भन्नुभयो, “तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने पर्व भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।”

महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता जमुना आचार्यले पनि तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पु¥याउने खालका उच्छृखङ्ल गीतको नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । “चाडपर्व, संस्कृति र पहिचानलाई बचाइ राख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो छ”, उहाँले भन्नुभयो ।

परम्परादेखि नेपाली नारीले तीज पर्वलाई रमाइलो गरी मनाउँदै आएकाले यो पर्व दिदीबहिनीका लागि महत्वपूर्ण मानिन्छ । मालिका–७ देविस्थानकी इन्द्रमती फगामीले तीज पर्व महिला दिदीबहिनीका लागि दुःख बिसाउने पर्व भएको बताउनुभयो । उहाँका अनुसार विगतमा झैँ तीज पर्व मनाउने चलन गाउँघरतिर पनि विस्तारै हराउँदै गइरहेको छ ।

“तीज आउनु एक महिनाअघिदेखि गाउँघरतिर एकैठाउँमा जम्मा भएर मादलको तालमा नाचगान गर्ने चलन थियो । आज एउटाको घर त भोलि अर्को घरमा तीजको नाचगान गरेर मनाउँथे”, फगामीले भन्नुभयो, “अहिले तीजको मौलिकपन हराउँदै गइरहेको छ । तीजमा रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराभन्दा टिभीमा आउने गीत र सिरियलप्रति आकर्षित भएका छन् ।”

त्यस्तै, डम्मराकी प्रिया कार्कीले नेपाली नारीहरुका लागि तीज पर्वको महत्व धेरै रहेको बताउदै यो पर्व मनाउँदा महिलाले अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउन अघि बढ्नुपर्ने बताउनुभयो । तीज मनाउँदा पश्चिमा संस्कृति छोड्नुपर्ने उहाँको भनाइ थियो ।

“आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन्”, कार्कीले भन्नुभयो, “विगतमा महिलाले भोग्नुपरेका समस्यालाई गीतको माध्यमबाट भन्ने गर्दथे । पछिल्लो समयमा नेपाली संस्कृतिका कारण मौलिकता र पहिचान नै हराउने अवस्थामा पुगेको छ ।”

तीजमा विवाहित महिला राता साडी र रातै चुरामा सजिएर आफ्ना श्रीमान्को दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाई ब्रत बस्ने गर्दछन् भने अविवाहित महिला राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको ज्यामरुककोट बगरफाँटकी शिव घिमिरेले बताउनुभयो ।

“आजभोलिका गीतमा हाँसो ठट्यौली र रत्यौली खेलेजस्तो लाग्छ । तीजमा महिला आफूलाई अरुको सामु राम्रो देखाउन चाहिने भन्दा धेरै खर्च गर्ने गर्छन् । तीजलाई संस्कृतिसँग जोड्न अरुको देखासिकी गर्नु हुँदैन”, उहाँले भन्नुभयो । पवित्राले परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व जोगाउन सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न लाग्नुपर्ने उहाँको भनाइ थियो । -रासस

Chitwan Aaja चितवन आज
शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा
विदेश भ्रमण सकेर फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, हिन्द महासागर सम्मेलनमा नेपालको सक्रियता
बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छः वस्नेत

ताजा समाचार

सबै

नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

विदेश भ्रमण सकेर फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, हिन्द महासागर सम्मेलनमा नेपालको सक्रियता

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छः वस्नेत

क्यान्सर अस्पतालमा बजेट संकट: सरकारबाट ४१ करोड नआउँदा सेवा सञ्चालनमा दबाब

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

गृहमन्त्रीको प्रश्नः मन्त्री बन्नुअघि मैले कमाउनु पाप हो ?

जनतालाई तरकारीमा लाउने लसुन छैन, नेताहरूसँग सुन नै सुन: सांसद साम्पाङ

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पाँच वर्षमा कृषि विकास कार्यालयद्वारा रु ४५ करोड अनुदान वितरण, ९१५ किसान लाभान्वित

कुरिलो खेती गरेर आश्रम चलाईँदै

वर्षको अन्तिम दिन घट्यो सुनको मूल्य

अमेरिकाको इरानी बन्दरगाह नाकाबन्दी घोषणा: तेल मूल्यमा तीव्र उछाल, तनाव चुलियो

रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

“तटस्थ र निष्पक्ष भएर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता”

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ३.
    ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ४.
    रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ५.
    लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ६.
    पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.