• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
सोमबार, भदौ १६, २०८२
☰
सोमबार, भदौ १६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६. चितवनबाट दिदीबहिनी बेपत्ता

  • ७. चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

  • ८. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ९. रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

  • १०. गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

‘तीज पर्वलाई भड्किलो र खर्चिलो नबनाऔै ’

दाङ, २८ भदौ
हरितालिका तीज नजिकिँदै गर्दा जिल्लामा यसको रौनकता बढेको छ । यहाँका बजारमा विशेषगरी कपडा, चुरा, पोते, खाद्यन्न समान किनमेल गर्नेको बिहानैदेखिे भिड लाग्ने गरेको छ ।

तुलसीपुर बजारमा फेन्सी कपडाको पसल गदै आउनु भएकी ३६ वर्षीय शारदादेवी ओलीले भन्नुभयो,“एक हप्ता भयो बजारमा चहलपहल बढेको अहिले किनमेलका लागि बिहानैदेखि गाउँगाउँबाट सर्वसाधारण पसलमा आउने गरेका छन् कपडा बेच्न भ्याइनभ्याइ छ ।”

गत वर्ष बिरामी परेकाले तीजमा रमाइलो गर्न पाइएन, यसपटक भने साथीसँग बसेर नाचगान गर्ने, शिव मन्दिरमा पूजा गर्ने योजना बनाएको उहाँको भनाइ थियो । उहाँले तीजको लागि आवश्यकपर्ने कपडा, चुरा, टीका, पोते तथा खाद्यन्न सामग्री किनिसकेकोसमेत जानकारी दिनुभयो । तुलसीपुरका किराना व्यापारी अमनउल्लाह अन्सारीले विगतका वर्ष भन्दा यसपटक राम्रो व्यापार व्यवसाय भएको सुनाउनुभयो । उहाँले भन्नुभयो,“ अहिले चाडपर्व नजिकिएसँगै बिहानैदेखि समान बेञ्च भ्याइनभ्याइ छ । सामान बिक्री गर्दा तीजको रौनक झल्किने गरेको छ ।” तीज पर्व नजिकिँदै गर्दा जिल्लाका विभिन्न सङ्घ संस्थाले दर खाने, तीज मिलन जस्ता कार्यकम आयोजना गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन र प्रेस चौतारीको महिला विभाग दाङले तीज मिलन सम्पन्न गरेका छन् । ती कार्यक्रममा बोल्ने अगुवा पत्रकार महिलाले तीजलाई सामाजिक सद्भाव कायम राख्नेगरी मनाउन सुझाव दिएका छन् । उनीहरुको एउटै स्वर थियो, तीजलाई तडककभडक गरेर होइन सरल, सहज र सभ्य रुपले मनाउनु पर्छ । उनीहरुले पर्वका सकारात्मक पक्षलाई आत्मसाथ गदै यसलाई सामाजिक पर्वका रुपमा लिई यसको मौलिकता र सामाजिक सद्भावलाई बचाइ राख्न आवश्यक रहेको बताएका थिए । जिल्लामा छरिएर रहेका पत्रकार महिलालाई एकै ठाउँमा जम्मा गराई भेटघाट तथा तीज पर्वका सकारात्मक कुरा मिडियामा समावेशले समाजमा सकारात्मक सन्देश जाने जनाउँदै उपस्थित पत्रकार महिलाले निष्कर्ष निकालेका थिए ।

परापूर्वकालदेखि चल्दै आएको यस पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्षमा तीज मनाउने चलन फरक शैलीमा रहेको छ । धार्मिक मान्यताअनुसार भगवान् शिवजी र पार्वतीको सम्बन्धसँग सम्बन्धित यो पर्वलाई अविवाहित महिलाले सुयोग्य पति पाउँ भन्दै र विवाहिताले श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई चिरस्थायी र सुमधुर बनाउन तीजको व्रत बसी पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

तीजमा खाने विशेष खानालाई दर भन्ने गरिन्छ । यस्तो दर तीजको हप्तौँअघिदेखि नै खाने गर्नाले भने यसबाट नेपालमा तीज पर्वका नाममा विकृति पनि भित्रिनसक्ने भन्दै चासो व्यक्त हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिका–६ का ४६ वर्षीया राधा रजौरेले तीज पर्वलाई सबैले साझा पर्वका रुपमा मनाउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“यस पर्वलाई देखासिकि र भड्किलो नभइ सरल तथा सहज तरिकाले मनाउनुपर्छ ।”

तुलसीपुर उपमहानगरपालिका–५ की ४४ वर्षीय नीरा ढुङगानाले तीज पर्वलाई विकृतिरहित पर्व बनाउन सबै लाग्नुपर्छ भन्नुभयो ।

उहाँले तीज सरल रुपमा मनाउने गरेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका–५ का महिला उद्यमी विमला शर्माले तीज पर्व हाम्रो आफ्नै विशेषता बोकेको मौलिक पर्व रहेकाले यसलाई सबैले हाँसीखुसीका साथ सहज तरिकाले मनाउनुपर्ने बताउनुहुन्छ ।

उहाँले तीज आउन एक हप्ता बाँकी रहँदा जनचेतनामूलक कार्यक्रम आयोजना गरी दर खाने तथा तीज मनाउने तरिकाको विकास भए राम्रो हुने विचार राख्नुहुन्छ । तीजको नाममा धेरै खर्च गर्ने, श्रीमान्को आयु लामो हुन्छ भन्दै तीजको दिनमा पानीसमेत नपिइ व्रत बस्ने गरेकोे देखेकी छु यो गलत हो उहाँले भन्नुभयो ।

तुलसीपुर उपमहानगरपालिका– ६की ५२ वर्षीया सुशीला भट्ट्राईले तीज आउनुभन्दा धेरै दिनअघिदेखि नै देशका विभिन्न बजार क्षेत्रमा गरिने दरखाने कार्यक्रम, कपडा तथा गहना प्रदर्शनले गर्दा कतै तीज हुन खानेको मात्र पर्व त हुने होइन भन्ने चिन्ता लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“परापूर्वकालदेखि चलिआएको यो पर्वका सकारात्मक पक्षलाई जोगाउँदै आफू पनि एक दिन व्रत बस्ने गरेको छु ।” कोहलपुर निवासी ४४ वर्र्षीया कालिका रेग्मीले तीज पर्वलाई आफूले आत्मीय पर्वका रुपमा मनाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “तीज पर्वमा चेतनामूलक, सरसफाइ, जागरणका गीत गाउने, वृहत् सरसफाइ जस्ता कार्यक्रम गर्ने भएमा राम्रो हुन्छ । तीज पर्वका सकारात्मक पक्षलाई अनुशरण गदै हुनेखाने वर्ग र हुँदा खाने वर्गबीचको बढ्दो दूरी कम गर्दै आफ्नो मौलिक संस्कृतिलाई संरक्षण गर्न सबै लाग्नुपर्छ ।” रासस

Chitwan Aaja चितवन आज
बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल
अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए
आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो

ताजा समाचार

सबै

हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो

चितवन स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति ब्याडमिन्टन सम्पन्न

एससीओ शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

विद्या भण्डारीको पार्टी सदस्यता रोक्न मिल्दैन, विधान महाधिवेशनमा कुरा उठाउँछु : सुरेन्द्र पाण्डे

दार्चुलाको नौगाड खोलामा खस्यो अटो, एक जनाको मृत्यु, २ बेपत्ता

मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ६०० जनाभन्दा बढीको मृत्यु

चितवनका दुई हात्ती कतार पठाइँदै

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक

रास्वपा उम्मेदवार थापाको पत्रकारसँगको भेटघाट स्थगित

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

तोलामा २ लाख ५ हजार नाघ्यो सुनको मूल्य

राष्ट्रियसभाको बैठक आज बस्दै

कोशी ब्यारेजको ३१ ढोका खोलियो

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    चितवनबाट दिदीबहिनी बेपत्ता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.