भरतपुर । सिन्धु विकास बैंक लिमिटेड टाँडी शाखाद्धारा १४औं वार्षिकोत्सवको अवसरमा टाँडी स्थित श्री कृष्ण मन्दिर प्राङगणमा बैंकले डस्विन तथा अन्य सामानहरु वितरण गरेको छ ।
उक्त कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थितिमा टाँडी शाखाको तर्फबाट डस्विन लगायतका सामानहरु हस्तान्तरण गरिएको शाखाका प्रमुख राजेन्द अधिकारीले बताए ।
बैंकका क्षेत्रीय प्रबन्धक,शाखा प्रमुख र अन्य कर्मचारीहरुको उपस्थितीमा रहेको थियो ।
साथै बैंकको वार्षिकोत्सवको उपलक्ष्यमा यहि हप्ता ट्राफिक जनचेतना कार्यक्रम, विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु वितरण गर्ने बैंकका क्षेत्रीय प्रबन्धक रबिन कुँवर क्षेत्रीले जानकारी दिए ।
बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैकिङ्ग, एससिटि डेबिट कार्ड एसएमएस बैैकिङ कियूआर कोर्ड, सि–एएसविए, कनेर्ट आइपिएस, आरटिजिएस लगायत सेवाहरु प्रदान गर्दै अईरहेको छ ।







