चितवन, २४ भदौ
अनेरास्ववियु जिल्ला कमिटी चितवनले माडी स्थित राम जन्मभुमि अयोध्ययाधाम मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला अध्यक्ष हरि आचार्यको नेतृत्वमा गरिएको सरसफाई कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी लगायत अनेरास्ववियुसँग सम्बन्धित विद्यार्थीहरूको उपस्थिति रहेको जिल्ला कमिटि सह-सचिव निश्चल कुमार चदाराले जानकारी दिनुभयो ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रमाणका आधारमा राम जन्मभुमि माडिमा रहेको तथ्य सार्वजनिक गरेपछि यस क्षेत्र विश्वव्यापी रूपमा चर्चामा रहेको छ ।

माडी नगरपालिका ९ स्थित अयोध्याधाममा राम, सिता, लक्ष्मण र हनुमानको मुर्ति २०७८ बैशाख ७ गते रामनहमीको दिनमा प्रतिस्थापन गरिएको थियो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







