चितवन, २३ भदौ
गौहत्याको विरोध गर्दै चितवनमा शान्तिपूर्ण धार्मिक सद्भाव पदयात्रा र्याली निकालिएको छ । नेपाल सन्त समाजको आह्वानमा आज भरतपुर र गैडाकोटका बिभिन्न स्थानबाट पदयात्रा र्याली निकालिएको हो ।
गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै र्यालीका सहभागीले नारा लगाएका थिए । उनीहरूले क्रिस्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई आग्रह गरे ।
नेपालमा धर्म–संस्कृतिविरोधी गतिविधि बढेकाले आफूहरूले त्यसको संरक्षणका निम्ति प्रदर्शन गर्नुपरेको र्यालीमा सहभागीले बताएका छन् । उक्त धार्मिक सद्भाव पदयात्रामा देवघाटधामका विभिन्न आश्रमका धार्मिक गुरुहरु समेत सहभागी थिए ।















