Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत १८, २०८२
☰
Logo बुधबार, चैत १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

  • ७. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ८. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • ९. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • १०. वैकल्पिक किरा व्यवस्थापन सम्बन्धी जनचेतना जगाउँदै २७ वर्षीय निशा सुवेदी

पढ्दै कमाउँदै कार्यक्रम लागू भएसँगै मासिक तीनदेखि आठ हजार कमाउँछन् विद्यार्थी

चितवन, २३ भदौ
जिल्लाको इच्छाकामना गाउँपालिका घर भई माडीमा रहेको जनकल्याण माविमा कक्षा १० मा अध्ययन गर्दै गरेका इन्द्रबहादुर चेपाङ अहिले विद्यालयमा व्यस्त रहने गर्नुभएको छ । माडी नगरपालिका–६ कल्याणपुरमा रहेको यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएसँगै यहाँ अध्ययन गर्ने विद्यार्थी घरमाबाहेक विद्यालयमा समेत कृषि कार्यमा व्यस्त रहन थालेका छन् ।

चेपाङ विसं २०७२ को भूकम्पपछि माडी नगरपालिकामा आएर बुबाआमासँग बसोबास गर्दै आउनुभएको छ । अध्ययनका लागि असहज बन्दै गएको त्यो दिन सम्झदै चेपाङ भन्नुहुन्छ, “पहिले घरबाट खर्चको जोहो मिलाउन कठिन थियो । अहिले त विद्यालयको कार्यक्रममा सहभागी भएर आफैँ कमाउने र पढ्ने गरेको छु ।”

विकास केन्द्रले सञ्चालन गरेको यस कार्यक्रममा सहभागी भएसँगै कापी कलम किन्ने, खाजा खर्चदेखि अन्य व्यक्तिगत खर्चका लागि परिवारसँग हारगुहार गर्नु नपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पढाइसँगै कामअनुसार मासिक रु तीन हजार हाराहारी कमाउने गरेको छु ।” अब केही समयपछि आफू कृषि कर्ममा लागेर कमाउनसक्ने उहाँले बताउनुभयो ।

एसइई परीक्षा उत्तीर्ण गरेपछि अध्ययनको बाटोलाई पूर्णबिराम लगाउनु लाग्नुभएका स्थानीय राजेश महतो अहिले यस कार्यक्रममा जोडिएसँगै अध्ययनलाई निरन्तरता दिन थाल्नुभएको छ । उहाँ अहिले कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । विद्यालयमा नै बसेर यस कार्यक्रम सहभागी हुँदै आउनुभएका उहाँ अहिले महिनाको रु आठ हजार कमाउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पढ्न पाइँदैन कि भन्ने थियो । अब कक्षा १२ सम्म अध्ययनका लागि सहज भएको छ ।” आफूले कमाएर घरपरिवारलाई समेत दिने गरेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “यहाँ गरेको दुःख भविष्यका लागि सहज बन्नेछ भन्नेमा विश्वस्त छु ।”

समूहमा रहेका साथीहरूले विद्यालय समयमा मात्रै काम गर्ने भएकाले त्यो कामको रेखदेख गर्न उहाँ विद्यालयमा नै बस्ने गर्नुभएको छ । विद्यालयले यी समूहमा रहेका विद्यार्थीबाट १२ कट्ठा जग्गामा धान रोपाइँ गरेको छ । तरकारीखेती समेत गर्दै आएको छ । यस्तै ३० जना विद्यार्थीले बाख्राको पाठा घरमा लगेर पालेका छन् भने चार सय वटा हाँस बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् ।

सोही कार्यक्रममा सहभागी कक्षा ११ की सञ्जीता लामिछाने घरमा खासै काम गर्ने बानी नपरे पनि विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएपछि घरमा समेत काम गर्ने बानी परेको बताउनुहुन्छ । अध्ययनका लागि परिवारसँग पैसा माग्दा हुने समस्या अहिले नरहेको उहाँको भनाइ छ । उहाँ अहिले विद्यालयमा साथीहरूसँग काम गर्दा छुट्टै महसुस हुने गरेको सुनाउनुहुन्छ । अहिले पढाइका लागि परिवारसँग खर्च माग्नु नपरेको भन्दै उहाँले भन्नुभयो, “अब कृषि कर्म गरेर खान सक्छु भन्ने आँट यस कार्यक्रमले दिएको छ ।”

आर्थिक वर्ष २०७८/८९ सालदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट छनोटमा परी पढ्दै कमाउँदै कार्यक्रममा लागू भएसँगै यस विद्यालयमा अध्ययन गर्ने न्यून आय भएका विद्यार्थीलाई अध्ययनका लागि टेवा पुगेको छ । विद्यालयले तीन वटा समूह बनाएर यस कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ । तीन वटा समूहमार्फत एक सय ३० जना विद्यार्थीलाई परिचालन गरी कार्यक्रम सञ्चालन गरिएको छ ।

कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी विद्यालयले बाख्रापालन, हाँसपालन, फलफूल, तरकारीखेती तथा खाद्यान्नबालीका लागि समूह विभाजन गरी काम गरिएको कार्यक्रमकी सम्पर्क व्यक्ति एवं विद्यालयकी शिक्षिका टीका खत्रीले जानकारी दिनुभयो ।

अहिले यस कार्यक्रममा सहभागी विद्यार्थीले कामका हिसाबले मासिक रु तीन हजारदेखि ८ हजारसम्म कमाउने गरेको उहाँले बताउनुभयो । विद्यालयमा कृषि विषय अध्ययन हुँदै आएको हुँदा यहाँका विद्यार्थीलाई कृषितर्फ नै केन्द्रित गराइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विद्यार्थीलाई श्रमप्रति माया जगाउनका लागि यो कार्यक्रम प्रभावकारी बनेको छ ।”

विद्यालयका प्रधानाध्यापक रामबहादुर जिसीले विपन्न वर्गका विद्यार्थीलाई अध्ययनका लागि यो कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । उहाँका अनुसार विद्यालयले उत्पादित सामग्री बिक्री वितरण गरिदिने गरेको छ । तरकारी र खाद्यान्नजस्ता वस्तु स्थानीय बजारमा समेत बिक्री भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस कार्यक्रममा जोडिएका विद्यार्थी पढाइमा समेत लगनशील बन्न थालेका छन् ।”

जिल्लामा हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट छनोटमा परी तीन वटा विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यस कार्यक्रमका लागि गत दुई आवमा केन्द्रले विद्यालयलाई प्रतिवर्ष रु १०/१० लाखका दरले सहयोग गरेको थियो ।रासस

Chitwan Aaja चितवन आज
शनिबार, भदौ २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्ने
भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा.विश्व बन्धु बगाले नियुक्त
मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन

ताजा समाचार

सबै

हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्ने

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा.विश्व बन्धु बगाले नियुक्त

मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन

हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

मजदुरले तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

जुम्लामा सुक्खा पहिरा खस्दा तीन घरमा क्षतिः सहयोग कतैबाट उपलब्ध भएन

महाकालीमा बगेर एक जना बेपत्ता

एकै दिन सात हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड

लागू औषधसहित ९ जना पक्राउ

पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.