काठमाडौं, २० भदौ-
गर्मीयाममा बढ्दो तापक्रमका कारण हरेक व्यक्तिलाई चिसो पानी पिउन मन लाग्नु स्वभाविकै हो । यसका लागि हामी फ्रीजमा राखिएको पानीको बोतल निकालेर प्यास मेटाउने गर्छौं । फ्रिजमा राखिएको पानी हाम्रो स्वास्थ्यका लागि कुनै किसिमले फाईदा गर्दैन ।
शारीरिक तापक्रममा परिवर्तन: चिसो पानी पिउनाले शरीरको प्राकृतिक तापक्रम कम हुन्छ, जसका कारण मांसपेशिको समस्या हुन्छ । यसले शरीरको मांशपेशिलाई स्थिर रुपले काम गर्न समस्या उत्पन्न हुन्छ । विशेष गरेर खेलाडीहरुले फ्रिजको पानी पिउनबाट बच्नु पर्छ ।
वजन वृद्धि: चिसो पानी पिउनाले शरीरको प्राकृतिक तापक्रम कम हुन सक्छ । जसका कारण शरीर तिव्र गतिमा फैलिन्छ । विशेष गरेर तब, जब हामी खानासँग चिसो पानी पिउँछौं । जसले गर्दा मोटोपन बढ्नुका साथै वजन बृद्धि हुन्छ ।
पाचन प्रणालीः चिसो पानी पिउनाले पाचन प्रणालीसँग सम्बन्धित समस्या उत्पन्न हुन्छ । जस्तै पेटमा ग्यास, ब्लोटिङ र कब्जियत आदि । चिसो पानीले पाचन तन्त्र सुस्त हुन थाल्छ ।
जोर्नीको दुखाईः चिसो पानी पिउनाले आर्थराइटिस जस्ता जोर्नीको समस्या बढ्न सक्छ । किनभने यसबाट ब्लड सेन्सेशन कम हुनसक्छ र जोर्नीहरुमा चिसो भएको महसुस हुन सक्छ, जसबाट जोर्नीमा समस्या आउनु स्वभाविकै हो ।
त्यसैले हामीले कहिले पनि फ्रिजको चिसो पानी सोझै पिउनु हुँदैन, किनभने यसबाट शरीरका विभिन्न अंगहरुमा दुखाई तथा सूजन पैदान हुनसक्छ । यसको साटो हामीले माटोको घैलामा राखिएको सामान्य चिसो पानी पिउन सक्छौं, जुन स्वस्थ्यवरुद्धक समेत मानिन्छ । (एजेन्सीको सहयोगमा)






