चितवन, ७ भदौ
कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरेर गुरुकुलले निरन्तर कार्यक्रम गर्दै आएको छ। विद्यार्थीहरूलाई आआफ्नो क्षेत्रमा सशक्त बनाउन र भविष्यका लागि आत्मविश्वास जगाउन यस्ता कार्यक्रमहरू गरिएको कुरा बताइएको छ।
प्रखर युवा वक्ता प्रसमा पौडेलले दुई दिन लगाएर विद्यार्थीहरूलाई उद्घोषण कला र व्यक्तित्व विकास सम्बन्धी तालिम दिएकी हुन्.। जसले युवा सशक्तिकरणका लागि धेरै कार्यक्रमहरू आयोजना गरिसकेकी छन्, जसले विद्यार्थीहरूलाई “किन बोल्नु पर्छ,” “कहिले बोल्नु हुँदैन, जस्ता आदि विषय समेटेर तालिम दिएकी थिइन् । “कसरी बोल्ने” किनकि उनले सधैं सोचिन् कि शब्दहरूमा मनको आवेग, जलन र निराशा निको पार्ने शक्ति हुन्छ।
कार्यक्रमा उनले विद्यार्थीहरूलाई शब्दको महत्व र बोल्दा शब्दको प्रयोग र समाजमा शब्दाले गर्ने परिवर्तन बारे ज्ञान दिएकी थिइन् । उनले विद्यार्थीलाई समूहमा विभाजन गरेर कार्यशाला(वर्कशप) समेत गराएकी थिइन् ।
कार्यक्रममा प्रिन्सिपल टिकाराम चापागाईंले अतिरिक्त कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकास हुने कुरा व्यक्त गर्नुभयो। त्यस्तै गुरुकुल कलेजका शैक्षिक निर्देशक सिर्जन अविरलले विद्यार्थीको गुणात्मक विकासका लागि गुरुकुल निरन्तर लागेको कुरा जानकारी दिनुभयो भने संयोजक सुशील रेग्मीले कार्यक्रमका बारेमा आफ्नो धारणा राख्नुभएको थियो।








