चितवन, भदौ ५
नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुलेको छैन । सवा १ बजेसम्म एकतर्फी सवारी आवागमन खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन् ।
राति १० बजे देखि नै पहिरो पन्छ्याउने कार्य भइरहेको छ । कार्यालयका अनुसार थप पहिरो नआए दिउँसो सवा १ बजेसम्ममा सडक आवागमन एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको हो ।
उक्त सडक भएर यात्रा गर्नेलाई वैकल्पिक बाटो प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ ।







