चितवन, २९ साउन
नेपाली काङ्ग्रेसकि केन्द्रिय सदस्य लक्ष्मी खतिवडाको प्रमुख आतिथ्यतामा बागमती प्रदेश भित्र रहेका खेलाडी महिला प्रशिक्षक (रेफ्री) हरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपालि काङ्ग्रेसका नेता स्व.शिव प्रसाद पौडेलको स्मृतिमा उक्त कार्यक्रम गरिएको हो ।
बागमती प्रदेश भित्रका ३० जना खेलाडी महिला प्रशिक्षक र चितवन जिल्लाका ४ जना पुरुष प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो । स्व. पौडेलका श्रीमती बिनु रायमाझीका अनुसार खेल प्रति महिलाहरुलाई प्रोत्साहन र थप हौसला प्रदान गर्न उक्त कार्यक्रम गरिएको हो ।
सो कार्यक्रममा स्व. पौडेलको पार्टी र सामाजिक योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त समेत गरिएको थियो ।
वि.सं. २०३४ बैशाख २९ गते जन्मनु भएका पौडेलको २०६८ फागुन २ गते निधन भएको थियो । स्व. पौडेल तत्कालीन चितवन जिल्ला तरुण दलको अध्यक्ष पदमा रहेर पार्टी प्रति जिम्मेवार हुनुहुन्थ्यो ।








