• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, भदौ ११, २०८२
☰
बुधबार, भदौ ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

    अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

    प्याराडाइज इन्फोटेकको ५औं वार्षिकोत्सव : एक युवाको सपना, सयौँको विश्वास, र आईटीको उज्ज्वल भविष्य!

    लोकप्रिय समाचार

    • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    • २. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    • ३. इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

    • ४. हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

    • ५. नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

    • ६. आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

    • ७. अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

    • ८. दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

    • ९. आज बिहीवार कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    • १०. प्रहरी चेकिङमा मोटरसाइकल दुर्घटना, सामाजिक अभियन्ताको मृत्यु

    १५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन (भिडियोसहित)

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, साउन २६ –
    १५ महिनामा सक्नुपर्ने साढे ४ किलोमिटर भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । वहुवर्षिय योजनामा निर्माणाधीन रहेको यो सडकका लागि चालु आर्थिक वर्षमा सरकारले बजेट नै नछुट्याएपछि सडक विस्तारको काम अझै अलपत्र हुने देखिएको छ ।

    दुईवटा ठेक्कामा काम भइरहेको सो सडक निर्माणको काम हुँदै गर्दा सरकारले योजनामा नै राखेको छैन अर्थात बजेट नै विनियोजन गरेको छैन ।

    सडक डिभिजन चितवनका सूचना अधिकारी इन्जिनियर चन्द्रेश्वर शाहले योजनामा नपरेपछि सडक विभागमा पत्राचार गरिएको बताए । ठेकेदार कम्पनीले बिल भुक्तानीका लागि निवेदन दिइसकेको भए पनि कार्यालयसँग उक्त सडकका लागि बजेट नहुँदा समस्या भएको उनले बताए ।

    केन्द्रीय बस टर्मिनलबाट विशाल चोकसम्म २.२ किमि र विशाल चोकबाट आँपटारीसम्म २.२ किमि गरी दुई खण्डमा काम भइरहेको छ । पूरै ४.४ किमि सडक दुई लेनमा व्यवस्थित गर्न २०७३ सालमा सम्झौता भई रुख काट्ने र खन्ने काम भएको थियो । त्यही समयदेखि सडकको अवस्था विजोक छ । त्यसको एक वर्ष नबित्दै सडकलाई ४ लेन बनाउनका लागि योजना परिवर्तन गरिएको थियो । र सम्झौतामा पनि परिवर्तन गरियो ।

     

    पहिले सम्झौता गरिएको निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवालाई बस टर्मिनलदेखि विशालचोकसम्मको सर्भिसलेन बाहेकको काम गर्न भनियो । उक्त काम १३ करोड लागतमा १५ महिनामा सक्ने गरी २०७३ पुसमा सम्झौता गरिएको थियो । पटकपटक म्याद थप गर्दै आइएको उक्त खण्डमा मा ९७ प्रतिशत काम सम्पन्न भइसकेको छ । उक्त निर्माण कम्पनीलाई कारबाही स्वरुप हर्जना तिराइराखिएको छ । पहिलो चरणमा दैनिक ०.०५ प्रतिशत हर्जना तोकेर कारबाही सुरु गरिएको हो । निर्माण कम्पनीले १० प्रतिशतसम्म हर्जना तिरिसक्दा पनि काम नसके ठेक्का सम्झौता रद्द गरेर कालोसूचीमा राख्ने व्यवस्था खरिद ऐनमा रहेको छ ।

    https://www.facebook.com/chitwanaja01/videos/816393083361327

    दोश्रो खण्ड विशालचोकदेखि आँपटारी सम्मको पूरै र पहिलो खण्डको सर्भिस लेनकोे काम रायमाझी पशुपति जेभी निर्माण कम्पनीले गर्दै छ । २०७७ साल असारमा २६ करोड लागतमा २० महिनामा काम सक्ने गरी सम्झौता भएको थियो । सम्झौता अनुसार २०७८ साल फागुनमा काम सम्पन्न भइसक्नु पर्दथ्यो । यो खण्डमा पनि पटकपटक म्याद थप भइसकेको छ । पछिल्लो पटक म्याद थप भएको अवधि मंसिरसम्म छ । हालसम्म ७० प्रतिशत मात्र काम सकिएको छ ।

    अहिले बजेट नै विनियोज नगरेपछि सडकको काम अझै अलपत्र हुने देखिएको हो ।

    सडक निर्माण सुस्त गतिमा हुँदा सडक ६ वर्षसम्म विजोक अवस्थामा रह्योे । यसमा मुख्य जिम्मेवार निर्माण कम्पनी नै हो । निर्माण कम्पनीका लापरबाही विरुद्ध स्थानीयले पटकपटक सडकमा धर्ना बसेर सडकको काम छिटो गर्न माग गर्दै आए । जति गरे पनि सडकको अवस्था उस्तै रहेको स्थानीयहरुले गुनासो गरेका छन् । नयाँ पिच बनेपनि सडकमा खाल्डाखुल्डी छन् । जेब्रा क्रसिङ्ग र फुटपाथ नबन्दा पैदलयात्रीले दुखः पाउने गरेका छन् । बाइपास सडक भएर यात्रा गर्ने यात्रु, सवारी चालक, व्यावसायी र स्थानीयले यस्तै गुनासो सुनाएका छन् ।

     

      Chitwan Aaja चितवन आज
      शुक्रबार, साउन २६, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व आज मनाइँदै
      दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु
      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      ताजा समाचार

      सबै

      भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व आज मनाइँदै

      दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      नवलपुरको कावासोती धापमा भासिएर गैँडाको मृत्यु

      हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

      हरितालिकाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

      तिजमा अर्थतन्त्र : यस्तो छ साडीदेखि चुरा पोतेसम्मको व्यापार

      वीरगञ्जमा हैजा प्रकोप : अस्पतालबाट १७१ डिस्चार्ज, २२० जना उपचाररत

      इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

      अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

      सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

      रवि लामिछाने फेरि गए अदालत, निकिताले भनिन्– ‘न्यायका हरेक ढोका ढक्ढक्याउने छु’

      नेपाल रुबेला–मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो : स्वास्थ्यमन्त्री पौडेल

      राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको शिष्टाचार भेट

      वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला

      दाताका भरमा अपाङ्ग जीवन विकास आश्रम

      हेर्नु भयो ?

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      सुनको मूल्य फेरि घट्यो

      बीरेन्द्र बहुमुखी क्याम्पसमा तीन-दिने ग्राफिक डिजाइनिङ कार्यशाला सम्पन्न

      चितवनमा पहिलो पटक टेनिस प्रतियोगिता सुरु

      आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      धेरै डिजेल हाल्ने ग्राहकलाई शुभ पेट्रोल्याण्डद्वारा सम्मान : पम्पको खर्चमा पढ्दै छन् असाहय विद्यार्थी

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      • २.
        आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

      • ३.
        इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

      • ४.
        हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

      • ५.
        नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

      • ६.
        आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.