चितवन, साउन १८
घटना भएको तीन महिनापछि आज हाजिर भएर चितवन जिल्ला अदालतमा प्रदिप रुङ्गटाले बयान दिएका छन्।
व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका रुङ्गटा आज अदालत उपस्थित भएका हुन् ।
चितवन जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यका अनुसार घटना भएको तीन महिनापछि हाजिर भएका रुङ्गटाको बयान लिने काम काम भइरहेको छ। ‘ बिहान ११ बजेपछि बयान सुरु भएको हो, अहिले चलिरहेको छ ।’ उनले भने ।
कँडेल नारायणगढस्थित वैशाख १९ गते आफ्नै कार्यालयमा मृत अवस्थामा भेटिएका थिए ।
अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदिप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नु परेको कँडेलले ‘सुसाइट नोट’मा उल्लेख गरेका थिए ।
कँडेलको न्यायको लागि घटना भएको केहि दिनसम्म उनका समर्थकहरुले चितवन बन्द र चक्काजाम गर्नुका साथै पटक पटक आन्दोलन समेत गरेका थिए ।
अर्को आरोपी जीवन रावल रावल बैशाख २२ गते बाराको सिमाराबाट पक्राउ परेका थिए । उनि केही दिन अघि उच्च अदालत हेटौँडाबाट तारिखमा रिहा भएका हुन् ।







