चितवन, २० असार
चितवनमा आतंक मच्याएको बाघलाई नियन्त्रणमा लिइएको छ।बाघले भरतपुर २७ स्थित बुद्धनगर गाउँमा पसेर भैंसिलाई आक्रमण गरेपछि स्थानीय त्रसित भएका थिए।
निकुञ्ज तथा राष्ट्रिय संरक्षण कोषका बन्यजन्तु प्राबिधिकहरुले उक्त बाघलाई चितवन निकुञ्जका हात्तिहरुको मद्दतबाट नियन्त्रणमा लिएका हुन् ।
बाघलाई बेहोस बनाउन बेहोस बनाउने औसधि राखिएको सुइँलाई बन्दुकमा लोड गरेर प्रहार गरिएको हो।
चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेशप्रसाद तिवारिका अनुसार नियन्त्रण लिईएको बाघको अबस्था हेरेर कता राख्ने भन्ने निर्णय गरिने बताए।