चितवन, १४ असार-
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन । तपाईं ९पत्रकार०मार्फत जानकारी पाइरहेका छौँ ।” पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको बताउनुभयो ।
अर्को एक प्रश्नमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको हो ।” यस विषयमा संसद् र सञ्चारमाध्यममा केही दिन चर्चा भएको भन्दै उहाँले भन्नुभयो, “एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको छ । अलिक दिन त्यसले पनि मार्केट पायो ।” केही दिनपछि ११ किलो सुन कहाँ गयो रु भन्ने प्रश्न आएको भन्दै उहाँले प्रतिप्रश्न गर्नुभयो, “यो मेरो विषय हो र तपाईंहरुले मलाई सोधेको रु”
असार १५ असारमा धान दिवस मनाउन यहाँ आउनुभएका ओलीलाई धान दिवस मनाउन चितवन नै किन रोज्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा भन्नुभयो, “राम्रो धान फल्ने जिल्ला भन्ने सुनेको छु, कृषिलाई आधुनिकीकरण गर्नुपर्यो, कृषि विश्वविद्यालय यही छ । विश्वविद्यालयले कृषिको विकासका लागि योगदान गर्नुपर्यो ।” यहाँको जमिन उर्वर भएको भन्दै उहाँले यसलाई अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो । रासस