Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, माघ ०५, २०८२
☰
Logo सोमबार, माघ ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • ३. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ८. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • ९. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • १०. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

शारीरिक मोटोपन घटाउन भात कि रोटी ?

काठमाडौँ, १२ असार-
विश्वव्यापी रुपमा मोटोपन अहिले जनस्वास्थ्य समस्या बनेको छ । मेटोपन आफैँमा रोग होइन तर अन्य धेरै घातक रोगहरुको कारण भएकोले यसप्रति सबैको चासो बढिरहेको छ । मोटोपनको कारण धेरै स्वास्थ्य समस्याहरु उत्पन्न भइरहेका छन्, जसको कारण धेरैले अकालमै प्राण गुमाउनुपरिरहेको छ । बच्चाहरुमा समेत मोटोपनको समस्या बढ्दो छ । मोटोपन सुन्दरता र सकारात्मक व्यक्तित्वको पनि बाधक हुन्छ । मोटोपनकै कारण धेरैलाई हीनताबोध पनि भएको हुन्छ, जसले मानसिक समस्या पनि ल्याउने गर्दछ ।

मोटोपन गराउन वा घटाउन खानाको निकै ठूलो भूमिका रहेको हुन्छ । व्यक्तिले दैनिक रुपमा खाने मूल खाना झनै कारक हुन्छ । व्यक्तिहरुमा बढ्दो मधुमेह, उच्च रक्तचाप, हृदयघात आदिको कारणहरुमा मोटोपन पनि हो ।

नेपालमा पहाडतिर अधिकांशले भात र तराईतिर अधिकांशले रोटी खाने गरेको पाइन्छ । दैनिक बिहान–बेलुका खाइने भात र रोटी नेपालीहरुको मूल खाना हो । भात वा रोटी नेपालीहरुले बच्चैदेखि खाँदै आएकोले जबसम्म यी दुईमध्ये कुनै एक खाँदैनन् तबसम्म सन्तुष्टि प्राप्त हुँदैन । अरु जे–जे खाए पनि तृप्तिका लागि भात वा रोटी खाने नै गर्दछन् । यसर्थ भात वा रोटीविना नेपालीहरुको सहज जीवन सम्भव हुँदैन ।

तर अहिले तराईतिर रोटी खानेहरुले पनि भात खान थालेका छन् । समग्रमा अधिकांश नेपालीले खानामा भात खाने गरेको पाइन्छ । पेटभरि भात नखाई आम नेपालीहरुलाई राम्रोसँग निद्रा लाग्दैन । घरबाहिर कतै घुमफिर गर्न जाँदा पनि खानामा भातै खाएर रमाउँछन्् । भातविना एक–दुई दिन पनि बस्न मुस्किल हुने गर्दछ ।

सामान्यतः मोटोपन भएको बेला भातभन्दा रोटी खान आमरुपमा सुझाव दिने–लिने गरेको पाइन्छ । के यो सही हो ? फलतः भात छोडेर मोटोपन भएका धेरै मान्छे रोटी खान शुरु गर्दछन् । वस्तुतः बुझ्नुपर्ने कुरा के हो भने, मोटोपन हटाउन कार्बोहाइड्रेटको मात्रा घटाउने हो । तर भात र रोटी दुवैमा उस्तै मात्रामा कार्बोहाइड्रेट रहेको हुन्छ । अतः कार्बोहाइड्रेटको मात्रालाई मात्र हेरी भातभन्दा रोटी उत्तम भन्नु सही होइन ।

भातमा स्टार्च (सिम्पल कार्बोहाइड्रेट) हुन्छ, जुन छिट्टै पच्छ र फेरि छिट्टै भोक लाग्छ । रोटीमा प्रोटिन र फाइबरको मात्रा बढी हुन्छ, जसले गर्दा पच्न समय लाग्छ । भोक ढिलो लाग्ने हुन्छ । पोषक तत्वको मात्रालाई तुलना गरी भन्नुपर्दा भातभन्दा रोटी उत्तम मान्नुपर्छ । तर ध्यान दिनुपर्ने कुरा भनेको यी दुवैमा हुने सोडियमको मात्रा हो । प्रत्येक १२० ग्राम गहुँमा ८० मि.ग्रा. सोडियम हुन्छ । सोडियमको निषेधमा रहेकाहरु (जस्तै– उच्च रक्तचापका रोगी) को लागि रोटी सही छनोट हुन सक्दैन । तर जब सोडियम चासोको विषय हुँदैन तब मोटोपन घटाउन रोटी नै छान्नुपर्छ ।

रोटीमा क्याल्सियम, पोटासियम, आइरन, फस्फोरस आदि पनि रहेको हुन्छ । भातमा क्याल्सियम हुँदैन । साथै शरीरमा पोटासियम र फस्फोरसको तहलाई घटाउँछ । पच्न समय लाग्ने भएकोले रोटीले गर्दा रगतमा लामो समयसम्म सुगरको मात्रा सन्तुलित रहन्छ ।

भातभन्दा रोटीमा धेरै पोषक तत्व हुन्छ भनेर मात्र हुँदैन । मोटोपन चामल र गहुँको गुणस्तरमा पनि भर पर्छ । सन् २०१८ र २०१९ मा नेसनल राइस रिसर्च इन्स्टिच्युट र इन्डियन ह्वीट एन्ड बार्ली रिसर्च इन्स्टिच्युटले १६ प्रजातिको चामल र १८ प्रजातिको गहुँमाथि गरेको अध्ययनका अनुसार ५० वर्षअगाडिको चामलभन्दा हिजोआज उत्पादन हुने चामलमा जिंक २३.९८ प्रतिशतले र आइरन १६.७ प्रतिशलते घटेको पाइएको छ । त्यस्तै गहुँमा जिंकको मात्रा २९.४२ प्रतिशतले र आइरनको मात्रा १९.२७ प्रतिशतले घटेको पाइएको छ ।

भात खराब कुरा होइन, यसलाई सही तरिकाले मात्रा मिलाएर खान सके हितकर नै हुन्छ । सही तरिकाले पकाएर भात खान सिके त्यो मोटोपनको कारक नभएर मोटोपन निवारक पनि हुन सक्छ । आयुर्वेदमा भात पकाउने विभिन्न तरिका निर्देश छ । भात नभई नहुने मोटा व्यक्तिहरुका लागि यी विधि निकै प्रभावकारी हुन सक्नेछ ।

यसरी भात पकाउने आयुर्वेदिक विधिहरुबाट भात पकाएर सम्यक् रुपमा शरीर र मनको अवस्था अनुसार दाल र सब्जीहरुसँग मिलाएर खान सके पाचन गतिशील र तन्दुरुस्त रहन्छ । यसरी तयार पारिएको भातको परिकार थोरै खाए पनि पेट भरिन्छ । आवश्यक ऊर्जा आपूर्ति हुन्छ र सम्यक पोषण पनि प्राप्त हुन्छ । स्वास्थ्य अवस्थानुसार यी परिकारहरु खाँदा कुनै प्रकारको हानि पनि गर्दैन ।

१) माड : यो भात पकाइरहँदा बन्ने लेदो हो । यो बनाउन १४ भाग पानी र १ भागमात्र चामल राख्न भनिएको छ । यसबाट भातको सिता छानिन्छ ।
२) पेय : १४ भाग पानी र एक भाग चामल राखिन्छ । यसबाट भातको सिता छानिदैन ।
३) यवागु : यसमा ६ भाग पानी र १ भाग चामल राखिन्छ ।
४) विलेपी : यसमा ४ भाग पानी र १ भाग चामल राखिन्छ ।
५) ओदन : यसमा २ भाग पानी र १ भाग चामल राखिन्छ ।

भात मन नपर्ने र रोटी खाई–खाई मोटा भएकाहरुका लागि पनि रोटी पकाउने केही विधिहरु छन् । जसलाई दैनिक जीवन अपनाउन सके रोटी छोड्नु नपर्ला र मोटोपन पनि बिस्तारै घटेर जानेछ ।

रोटी विभिन्न थरीका पीठोले बनाउन सकिन्छ । गहुँको पीठो (चोकरसहित), मैदा (चोकररहित), चामलको पीठो, बेसन (चनाको दालको पीठो), मकैको पीठो, जौको पीठो, कोदोको पीठो, फापरको पीठो आदि । सबै खालका पीठोको आ–आफ्नै विशेषता छ । यी सबै फरक–फरक पीठोमा पोषक तत्वहरु पनि फरक प्रकारको मात्र नभएर ती तत्वहरुको मात्रामा पनि भिन्नता हुन्छ । रोटीलाई फुल्का, चपाती, आदि नामले पनि सम्बोधन गरिन्छ ।

मेटोपन घटाउन बेसनको रोटी सबैभन्दा उत्तम हुन्छ । बेसनमा कार्बोहाइड्रेटको मात्रा अति नै कम हुन्छ । साथै बेसनमा धेरै खालका भिटामिन एवं मिनिरस प्रचुर मात्रामा पाइन्छ । बेसनमा फाइबर पनि हुन्छ । बेसनले शरीरको कफ एवं पित्तलाई सन्तुलित राख्छ, शरीरको मोटोपनलाई पनि घटाउँछ ।

१०० ग्राम बेसनमा ३५० किलो क्यालोरी ऊर्जा, प्रोटिन २३.३३ ग्राम, फ्याट ३.३३ ग्राम, कार्बोहाइड्रेट ५६.६७ ग्राम, फाइबर ६.७ ग्राम, आइरन ४.५ मि.ग्रा., सोडियम १७ मि.ग्रा. तथा अन्य धेरै पोषक तत्वहरु रहेका हुन्छन् । बेसनमा कोलेस्ट्रोल शून्य मात्रामा हुन्छ, अतः यो मुटुको स्वास्थ्यको लागि पनि हितकर हुन्छ ।

मैदाको रोटी सर्वथा अस्वस्थकर हुन्छ । चोकरसहितको पीठो मैदाजस्तो अस्वस्थकर भने हुँदैन । अरु खाले पीठोको रोटी कहिलेकाहीँ खाँदा शरीरमा नपुगेको तत्वहरुको आपूर्ति पनि हुन्छ, साथै स्वाद पनि फेरिन्छ, परिकारको विविधताले खानपिन रमाइलो पनि हुन्छ ।

मोटोपनको समस्या भएकाहरुले रोटीकै अर्को परिकार पराठा झनै खानुहुँदैन । बोसो घटाउन सादा रोटी नै बढी प्रभावकारी हुन्छ । पराठा बनाउन तेल राखिन्छ, जसले शरीरमा बोसोको मात्रा झनै बढाउँछ । रोटी वा पराठासँग धेरैले चिज खाने गर्दछन्, जुन मोटोपन भएकाहरुका लागि निकै नै अहितकर हुन्छ ।

शरीरको मोटोपन बढाउन वा घटाउन भात वा रोटी उत्तिकै जिम्मेवार हुन्छ । भात वा रोटी कस्तो खाले चामल वा पीठोले बनेको हो ? बनाउने प्रक्रिया कस्तो हो ? त्यसमा केही मिसाइएको थियो कि ? त्यसलाई केसँग खाइयो ? भन्ने कुराले प्रभाव पारेको हुन्छ । त्यस्तै खाँदा चपाई–चपाई खाइएको थियो कि थिएन ? व्यक्तिको भोक कस्तो थियो ? व्यक्तिमा कुनै रोग लागेको थियो कि ? कति मात्रामा खाइएको थियो ? आदि धेरै कुराले प्रभाव पार्ने हुन्छ ।

निष्कर्षमा भन्नुपर्दा सबैको आ–आफ्नै गुण/अवगुण छन्, तर तुलनात्मकरुपमा रोटी धेरै हिसाबले भातभन्दा उत्तम देखिन्छ । अझ मोटोपन घटाउनका लागि रोटी नै बढी स्वस्थकर देखिन्छ । डा. रामदेव पण्डित

Chitwan Aaja चितवन आज
मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
आजबाट लागू भयो निर्वाचन आचारसंहिता
माघ शुक्ल प्रतिपदा: आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

ताजा समाचार

सबै

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

माघ शुक्ल प्रतिपदा: आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

सकियो तीन दिने एग्रीटेक एक्स्पो : ३१ हजार बढीले गरे अवलोकन

प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक

गैँडाकोट महोत्वस : आज १४ हजारले अवलोकन गरे

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अवलोकन

आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय समाग्री हस्तान्तरण

हर्क साम्पाङले पनि दिए राजीनामा

धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

घण्टीघर पुगेर बालेनले बजाए घण्टी, तस्बिरहरू

तनहुँमा प्रतिनिधिसभा निर्वाचन: कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

काठमाडौंका मेयर बालेनले दिए राजीनामा

रास्वपा प्रवेश गर्दै सुदन, बालेनसँगै घण्टीघर जाँदै

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • ३.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.