Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत ०४, २०८२
☰
Logo बुधबार, चैत ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ७. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोड रुपैयाँको बजेट, क्रिकेट रंगशालालाई ३ करोड

चितवन, असार १०
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार १३ औं नगरसभाको अधिवेशनमा उपमेयर चित्रशेन अधिकारीले महानगरको बजेट प्रस्तुत गरेका हुन्।

महानगरले आगामी वर्ष आन्तिरिक आय एक अर्ब ७५ करोड हुने प्रक्षेपण गरेको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजश्व बाँडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, सडक बोर्ड नेपालबाट ३ करोड र बैंक मौज्दात १ अर्ब ६५ करोड रहने प्रक्षेपण महानगरको छ। साथै अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रुपैयाँ रहने प्रक्षेपण गरेको अधिकारीले बताए।

महानगरले चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र क्रमागत एवम् वहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्नको लागि १ अर्ज ६५ करोड रुपैयाँ विनियोजन गरेको छ। वडास्तरबाटै कार्यक्रमहरु कार्यान्वयन हुनेगरी महानगरले सबै वडाहरुलाई २ करोड ७५ लाख रुपैयाँका दरले विनियोजन गर्ने प्रस्ताव गरेको छ। समपूरक र विशेष अनुदानअन्तर्गतका योजनाहरुको कार्यान्वयन गर्न समपुरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउनेगरी १० करोड रुपैयाँ छुट्टाएको छ।

महानगरभित्रका सडक खाल्डाखुल्डी नियमित मर्मत संभार गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। दिगो फोहोर व्यवस्थापनको लागि व्यवस्थित ल्याण्डफिल साइट पूर्वाधार निर्माणको प्रारम्भ गर्न ३ करोड, केरुङ्गा तथा पुङ्गी खोलाले ओगटेको सार्वजनिक जग्गा संरक्षण एवम् पूर्वाधार निर्माण गर्न १ करोड ६५ लाख, महानगरपालिकालाई हरियाली बनाउन ४ करोड रुपैयाँ छुट्टाइएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य पुरा गर्नका महानगरले ३ करोड रुपैयाँ विनियोजन गरेको छ। यसको निर्माण पुरा गर्नका लागि संघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी गर्ने बजेट वक्तव्यमा उल्लेख छ।

महानगरले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष घोषणा गरेको छ। संघ तथा प्रदेश सरकारसँग साझेदारी गर्दै यसको कार्यान्वयनका लागि २ करोड रुपैयाँ, भरतपुर–पोखरा–लुम्बिनी(गोल्डेन ट्रयांगल) पर्यटन प्रवद्र्धन कार्यक्रम, महानगरभित्रका ३० पर्यटकीय गन्तव्यको प्रवद्र्धन, विकास, पर्यटन सूचना नक्सा तयार गरी कार्यान्वयनमा ल्याउने, पर्यटन क्षेत्रको विकास र विस्तारको गुरुयोजनाल तर्जुमा लगायतका लागि २ करोड रुपैयाँ छुट्टाएको छ।

चालू आर्थिक वर्षका लागि भरतपुर महानगरपालिकाले ६ अर्ब २१ करोड १९ लाख ७४ हजार रुपैयाँ आय र ६ अर्ब २१ करोड १९ लाख ७४ हजार रुपैयाँ व्यय अनुमान गरेको थियो। जेठ मसान्तसम्ममा अनुमानित आन्तरिक आयको ६६ प्रतिशत(९७ करोड ५८ रुपैयाँ) आम्दानी गरेको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म चालु खर्च ६५ प्रतिशत तथा पुँजीगत खर्च ३५ प्रतिशत भएको छ। गतवर्ष महानगरको चालुखर्च ६१ र पुँजीगत खर्च ३५ प्रतिशत थियो।

आइतबार महानगरको नीतितथा कार्यक्रम प्रस्तुत गर्दै मेयर रेनु दाहालले दोस्रो कार्यकालको पद बहालीका अवसरमा गरिएका दुई निर्णयहरू सरकारी स्वास्थ्य संस्थामा जन्मने भरतपुर महानगरवासीका छोरी सन्तानको १ लाख रुपैयाँको १५ वर्ष अवधिको जीवन बीमा र खानेपानी उपभोक्‍ताहरूको ७ हजार लिटरसम्मको महसुल महानगरपालिकाले भुक्तानी गरिदिने सम्बन्धी निर्णय कार्यान्वयनमा ल्याइएको बताइन्।

राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरी छोरीसँग मेयर कार्यक्रम मार्फत् हालसम्म ४२५ जना छोरीको जीवन बीमा सम्पन्‍न भइसकेको छ भने खानेपानी महसुल भुक्तानी कार्यक्रममार्फत् १० वटा खानेपानी उपभोक्ता समितिसँग सम्झौता भई १० हजार २ सय ९७ घर परिवारले यो सुविधा उपयोग गरेका छन्।

उनले आगामि वर्ष शहरी पूर्वाधार, भूउपयोग तथा वस्तीविकास र अधुरा योजनाहरुको निरन्तरता, कृषि तथा पशुपालन, शिक्षा विकास, नियमित सडक मर्मत सम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाई एवम् हरियाली निर्माण, सूचना प्रविधि तथा डिजिटल प्राणालीको उपयोग, सहकारी तथा रोजगार प्रवद्र्धन, पर्यटन तथा उद्योग र वाणिज्य प्रवद्र्धन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको बताइन्।

नागरिकलाई घर आँगनमा नै सरकारको महसुस हुने गरी अधिकार प्रत्यायोजन तथा विकेन्द्रीकरणको सिद्धन्त बमोजिम कम्तीमा एउटा वडास्तरीय गौरवको आयोजना सञ्‍चालन गर्ने गरी वडास्तरीय योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको बताइन्।

सडक अधिकार क्षेत्र १६ मिटर भन्दा बढी भएका सडक निर्माण गर्दा हरियाली, फुटपाथ र साइकल लेनसहितको सडक निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने, देश भित्रैको स्रोतसाधनलाई प्रयोग गरी पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गरिने, ६ मिटर र ६ मिटरभन्दा सानो क्षेत्राधिकार भएका सडकहरू, भिरालो र घुम्ती चोकहरूमा ढलान गर्ने कार्यलाई प्राथमिकता दिइने उनले बताइन्। केरूङ्गा घोल, पुङ्गी खोला लगायतका खोलाहरूलाई महानगरको सतहको आकाशे पानी निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यीकरण गरिने दाहालले बताइन्।

उनले महानगरको गौरवको आयोजनाको रुपमा रहेको भरतपुर मेट्रो प्लाजाको निर्माण कार्यलाई अगाडि बढाउने, अन्य ठूला र गौरवका आयोजनाहरूलाई सार्वजनिक(निजी साझेदारी विधिबाट सञ्‍चालन गर्ने बताइन्।

संघ र प्रदेश सरकारको सहयोग र सहाकार्यमा महानगरपालिका भित्र निर्माणाधीन रिङ रोड र लिङ्क कार्य निर्माण कार्य अगाडि बढाइनेछ र सहिद चोक, हाकिमचोक र मालपोत चोकजस्ता व्यस्त चोकहरूमा आकाशे पुल निर्माण गर्ने लक्ष्य महानगरको छ।

खाल्टाखुल्टी मुक्त महानगरको अभियानलाई निरन्तरता दिई महानगरपालिकामा निर्मित पूर्वाधारहरूको साना मर्मत सम्भार कार्यहरू तत्काल कार्यान्वयन गर्न पूर्वाधार एम्बुलेन्ससहितको प्राविधिक टिम बनाई परिचालन गर्ने मेयर दाहालले बताइन्।

विपी शान्ति नगरवन क्षेत्रलाई निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय पूर्वाधारका रूपमा विकास गरिने, अन्य सामुदायिक वनहरूलाई पनि दिगो पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै लगिने उनले बताइन्।

भरतपुर महानगरपालिकाको आर्थिक सामाजिक रुपान्तरणका लागि अन्य क्षेत्रहरूसँगको स्थल कनेक्टिभिटीलाई प्राथमिकता दिइने, संघीय सरकारको सहयोगमा नारायणगढ पुल्चोकस्थित नारायणी नदीमा सिग्नेचर पुल समयमा निर्माण सम्पन्‍न गर्न आवश्यक समन्वय गरिने, साथै भरतपुरलाई कावासोतीसँग जोड्न वडा नं। २६ को घोसरघाटस्थित नारायणी नदीमा र माडीसँग जोड्न वडा नं। २४ को ध्रुवघाटस्थित राप्‍ती नदीमा सडक पुल निर्माणका लागि संघीय सरकारसँग आवश्यक समन्वय गर्ने दाहालले बताइन्।

महानगरले सडकमा अनुचित ढङ्गबाट राखिएका निर्माण सामग्रीका कारण आवागमनमा अवरोध गर्ने र दुर्घटना हुने, महानगरपालिकाबाट निर्माण भएका सडक, फुटपाथ बिग्रने भएको हुँदा त्यस्तो गर्ने व्यक्ति तथा निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन उल्लेख गरेको छ। जरिवाना र मर्मत खर्च यकिन गरी सम्बन्धित पक्षबाट असुल उपर गर्ने नीति कडाइका साथ कार्यान्वयनमा ल्याइने मेयर दाहालले बताइन्।

उनले महानगरपालिका भित्र विकास निर्माणका कार्यमा शीघ्रता, गुणस्तरीयता र विश्‍वसनीयता कायम गर्न सम्झौतामा तोकिएको समय अगावै कार्य सम्पन्न गर्ने निर्माण व्यावसायीलाई पुरस्कृत गरिने बताइन्। उनले भरतपुर महानगरपालिकाको वार्ड नम्बर ११ मा ल्याण्ड फिल साइटको निर्माण कार्य, अटोल्याण्ड निर्माणका लागि वडा नम्बर ३ को प्रस्तावित क्षेत्रको डिपीआर र इआइए प्रतिवेदनका आधारमा निजी क्षेत्रको सहकार्यमा कार्यान्वयन प्रकृया अघि बढाउने र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य संघ र प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढाइने बताइन्।

महानगरले यस वर्ष संघ र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा संघीय शिक्षक अस्पताल र वडा नम्बर १४ मा प्रादेशिक आयुर्वेद अस्पताल निर्माण कार्य प्रारम्भ गर्ने लक्ष्य राखेको छ। भरतपुर विमानस्थलको विस्तार र आधुनिक टर्मिनल भवन निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउन आवश्यक समन्वय र पहल गर्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ।

मेयर दाहालले नारायणी लिफ्ट सिंचाइ आयोजनालाई बाह्रै महिना सञ्‍चालन गर्न संघ र प्रदेश सरकारसँग आवश्यक समन्वय गरी काम अगाडि बढउने बताइन्। साथै वर्षा याममा परेको पानी सञ्‍चित गरी भूमिगत जल प्रणालीलाई संरक्षण गर्न मौजुदा पोखरीहरूको संरक्षण गर्दै कृत्रिम पोखरीहरू निर्माण गर्ने कार्य अगाडि बढाउने उनले बताइन्।

मेयर दाहालले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन महानगरका मुख्य प्रवेश मार्गमा स्थानीय कला र संस्कृति झल्कने गरी प्रवेश द्वार निर्माण गर्नुका साथै पर्यटकीय स्थलहरूको सौन्दर्यीकरण गरिने बताइन्।

Chitwan Aaja चितवन आज
आइतबार, असार १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने
पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा
अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

ताजा समाचार

सबै

रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने

पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु

अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

जिम्मेवारी थपियो, अब थप शसक्त बन्नेछु : भूमिका श्रेष्ठ

रास्वपाले पाएको ४८ प्रतिशत भोट सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने : डा.वाग्ले

नारायणी नदीको कटान रोक्न सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

पृथ्वी राजमार्ग विस्तारः अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

आइतबारदेखि हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.