Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

सर्पले टोक्ने बित्तिकै मृत्यु हुँदैन, टोकेपछि के गर्ने ?

काठमाडौं, ९ असार-
गर्मी महिना सुरु हुने बित्तिकै तराई र पहाडी क्षेत्रमा सर्पदंशको समस्या हुने गरेको छ । वर्षायाममा सर्पहरू दुलोबाट बाहिर निस्कने हुँदा झनै सर्पहरू देखिने गरेका हुन्छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा प्रत्येक वर्ष झण्डै ५४ लाख मानिस सर्पको टोकाइबाट पीडित हुन्छन् । जसमध्ये ८१ हजारदेखि एक लाख ३८ हजार जनासम्मको सर्पदंशबट मृत्यु हुने अध्ययनबाट देखिन्छ । २७ लाख मानिसमा अङ्ग काट्नु पर्ने वा अन्य शारीरिक समस्या देखापर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा हरेक वर्ष ३० जनाभन्दा बढीको सर्पदंशबाट ज्यान जाने गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा.हेमन्त ओझाका अनुसार वर्षायाम र गर्मी महिनामा सर्पहरू खाना खोज्न बाहिर निस्कने हुँदा यो समयमा बढी सर्पदंशका बिरामी फेला पर्दछन् ।

नेपालमा पाइने ९० प्रतिशत सर्प बिषरहित हुने गरेको उहाँको भनाई छ । १० प्रतिशत सर्प विषालु हुने र तिनले टोके बिरामीको ज्यान जाने सम्भावना बढी हुने गरेको अध्ययनले देखाएको छ । नेपालमा पाइने सबै सर्पहरू विषालु नहुने हुँदा सर्पले टोक्दैमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको डा.ओझा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सर्पले टोक्यो भनेर आत्तिएर र घरेलु उपचार जस्तै गोबर लगाउने, ढुङ्गाले घोट्ने, धामी झाँक्रीकोमा लैजाने र टोकेको माथिल्लो भाग काट्ने, बाँध्ने, टोकेको ठाउँमा चुसेर रगत निकाल्ने जस्ता कार्य गरेर अस्पतालमा ढिला गरी पुग्ने प्रवृत्ति हाम्रोमा छ । यसले गर्दा बिरामीको आत्तिएर मृत्यु हुन्छ ।”

सर्पले टोकेको थाहा पाउन साथ नजिकैको सर्पदंश केन्द्रमा लगेर “एन्टी स्नेक भेनम ” मलम लगाउन डा.ओझाको सुझाव छ । सर्पले टोक्दा दिइने एन्टीभेनम सरकारले देशका ९० सरकारी अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । । जिल्ला तथा प्रादेशिक अस्पतालहरूबाट पनि यो सेवा दिँदै आएको डा. ओझा बताउनुहुन्छ ।

नेपालमा तराईका विभिन्न जिल्लाहरू र मध्यपहाडी क्षेत्रमा बढी सर्पहरू देखिने गर्दछन् । नेपालमा भाइपर १, भाइपर २, करेत, कोब्रा (गोमन) ले बढी दुःख दिएको पाइन्छ । सर्पले टोकेको औषधि पनि प्रतिविष (एन्टीभेनम) बनाउँदा यिनै चार थरीका सर्पलाई लक्षित गरी बनाइन्छ ।

सर्पले टोक्नुको कारण ?

सर्पले आफूमाथि खतरा महसुस गरेपछि मात्रै प्रतिरक्षा गर्ने क्रममा टोक्ने डा। ओझाको भनाई छ । उहाँ भन्नुहुन्छ, “सर्पलाई नचलाएर टाढै बसेमा टोक्दैन । तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले टोक्ने गर्दछन् ।”

त्यसका अलावा मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले टोक्ने पशुरोग विशेषज्ञ बत्ताउँछन् । सर्पले जाडो सहन नसक्ने हुँदा जाडो मौसममा सर्पहरू हाइबरनेशनमा जान्छन् अर्थात् दुलो भित्र लुकेर बस्ने गर्दछन् । फागुनदेखि भदौसम्म सर्पहरू बाहिर निस्कने समय भएकाले होसियार रहन डा. ओझाको सुझाव छ ।

उहाँले भन्नुभयो, “सर्प चिसो रगत भएको जनावर हो । सर्पले वातावरणअनुसार आफ्नो शरीरको तापक्रम परिवर्तन गर्ने गर्दछन् । जाडोमा लुक्ने गर्दछन् । गर्मी महिनामा सर्पले अण्डा कोरल्ने समय हो । त्यो भएकाले बच्चासहित खानाको खोजीमा सर्प बाहिर निस्कन्छन् ।

सबै सर्प विषालु हुँदैनन्

सबै सर्पहरू विषालु हुँदैनन् । नेपालमा पाइने सर्पमा विशेषगरी न्युरोटक्सीस र हेमाटोटक्सीज गरी दुई प्रकारका विष भएका हुने पशु चिकित्सक डा. रोशिका श्रेष्ठ बताउनुहुन्छ । डा।श्रेष्ठका अनुसार न्युरोटक्सीस नसा र मांसपेशी र हेमाटोटक्सीस रगत पातलो बनाउने समस्या उत्पन्न गर्छ ।

चिकित्सकका अनुसार मदेशमा हुने गोमन र करेत, मध्यपहाडमा पाइने हरियो सर्पले टोकेका मानिसलाई तुरुन्त उपचार गरिएन भने मृत्यु हुने डर बढी हुन्छ । तराईमा बढी पाइने गोमन र करेत सर्प बढी डरलाग्दो किसिमका हुन्छन् । यस्ता विषालु सर्पले टोक्यो र समयमा नै उपचार हुन सकेन भने ज्यान जान सक्ने सम्भावना हुने चिकित्सक बत्ताउँछन् ।

त्यस्तै, मध्यपहाडमा पाइने हरियो सर्पले टोक्यो भने रगत पातलो हुने जस्ता समस्या देखिन्छन् अनि रगत बाहिर बग्यो भने ज्यानै पनि जान सक्ने पशुरोग विशेषज्ञ बत्ताउँछन् ।

लक्षणहरू

चिकित्सकका अनुसार विषालु र विषरहित सर्प हुन्छ । विषरहित सर्पले टोक्दा टोकेको ठाउँमा घाउ सुनिने, पाकेर चिलाउने, पाक्नेजस्ता सामान्य समस्या हुन्छन् । डा. श्रेष्ठका अनुसार विषालु सर्प पनि दुई प्रकारका हुन्छन् । एउटा रगत पातलो बनाउने र अर्को नसा र माशंपेशीहरुमा असर गर्ने हुन्छन् ।

उहाँले भन्नुभयो, “विषालु सर्पले टोक्यो भने विषको लक्षण शरीरमा प्रवेश गरेमा रगत पातलो हुने, नशा र मांसपेशी असर गर्नेदेखि श्वासप्रश्वास अवरुद्ध हुनेजस्ता समस्या देखिन्छन् ।”

त्यसका अलावा नाक र गिजाबाट रगत बग्ने समस्या देखा पर्ने चिकित्सक बताउँछन् । विषालु सर्पले टोक्दा आँखा देख्न छाड्ने, बिस्तारै एउटै मान्छेलाई दुईजना देख्ने, दिमाग शून्य हुने जस्ता लक्षण देखिन्छन् ।

सर्पले टोकेपछि के गर्ने ?

सर्पले टोकेको भागमा जोडसँग बाँध्ने चलन हुन्छ । सर्पले टोक्नासाथ टोकेको भाग वा सो भन्दामाथि कसिने गरेर बाधेको खण्डमा बिरामीको हात खुट्टा काट्नुपर्ने अवस्था आउने हुँदा नकस्न चिकित्सकको सुझाव छ । सर्पले टोकेको ठाउँमा चुस्ने, फुक्ने ,मलझार हाल्ने, कसिने गरी कपडा वा डोरी नबाँध्न चिकित्सकको सुझाव छ ।

टोकेको थाहा पाउनासाथ उपचार केन्द्रमा जाने, टोकेको ठाउँलाई चल्न नदिएर, टोकेको ठाउँमा सफा पानीले सफा गर्ने सकेसम्म त्यही स्थितिमा अस्पतालमा पुर्‍याएर तुरुन्तै उपचार सुरु गर्नुपर्ने चिकित्सकको सुझाव छ । चिकित्सकले हेरेपछि मात्र विषालु वा विषरहित कुन सर्पले टोकेको पत्ता लगाएर उपचार गर्न सहज हुने चिकित्सक बताउँछन् ।

सर्पको टोकाइबाट कसरी बच्ने ?

डा. ओझाका अनुसार सर्पको टोकाइबाट बच्न सावधानी अपनाउन घर वरिपरि नियमित सरसफाइ गर्ने काम गर्नुपर्छ । त्यसैगरी जङ्गल, झाडीमा जाँदा पनि उत्तिकै चनाखो हुन जरुरी छ । घाँस काट्दा होस् वा खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउनाले पनि सर्पको टोकाइबाट बच्न सकिने चिकित्सक बताउँछन् । अँध्यारो ठाउँमा बत्ती बालेर मात्र जान उपयुक्त हुन्छ । (गोरखापत्रबाट)

 

Chitwan Aaja चितवन आज
शनिबार, असार ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

ताजा समाचार

सबै

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.