चितवन जेठ ३०
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर–२४ को ध्रुवमा आधारभूत स्वास्थ्य केन्द्रसहित चार भवनको उद्घाटन गरेकी छिन् ।
भरतपुर–२४ छेथरलिङ वौद्ध गुम्बा संग्राहलय भवन, जनपथ क्लबको भवन र एकता सार्की समाजको भवनको पनि महानगर प्रमुख दाहालले उद्घाटन गरेकी हुन् ।
महानगरको ग्रामिण भेगका जनतालाई लक्ष्ति गरी सजह स्वास्थ्य सेवा पुराउने अभियान तीब्र पारिएको प्रमुख दाहालले बताइन् ।
महानगरमा २९ वटा वडा रहेपनि ४ वटा वडामा मात्रै ठुलो अस्पताल मेडिकल कलेज रहेका छन् । निर्वाचन अभियानको क्रममा गाँउ टोलमै सजह स्वास्थ्य सेवा दिने लक्ष्य अनुसार स्वास्थ्य केन्द्रहरु स्थापना गरी सेवा दिदै आएको छ ।
महानगरभित्रको विपन्न समुदाय लक्ष्ति वडाहरुमा पहिलो चरणमा २० वटा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा सुरु गरेको जानकारी दिदै भरतपुरमा एक वडा एक अत्याधुनिक स्वास्थ्य केन्द्र पुराईने प्रमुख दाहालले बताइन् ।
भरतपुर २४ का स्थानीयहरु प्राथामिक उपचार गर्न सदारमुकाम तथा अन्य वडा जाने समस्या हटेको छ ।
भरतपुर २४ का रहेका भूमिहिन सुकुम्बासीलाई एक महिनाभित्रे लालपुर्जा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन् । लालपुर्जा वितरण गर्ने काम तीब्र रुपमा अगाडि बढाईएको उनको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जनताको सानाभन्दा साना समस्या सम्बोधन गर्न महानगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको उल्लेख गरे ।
कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष रामु गोदारको अध्यक्षतामा सम्पन्न भएको थियो ।







