चितवन, बैशाख ७ —
चितवनमा ग्यास बोकेको ट्रक र स्कुटर दुर्घटना भएको छ ।
चितवन प्रहरीका अनुसार टिकौली जंगलमा टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ६६७४ नम्बरको ग्यास सिलिण्डर लोड ट्रकले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३(००२प ७६८८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालकसहित पछाडि सवार दुबै जना गम्भिर घाइते भएका छन् ।
घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेज र भरतपुर सरकारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ट्रक सडकको छेउमा पल्टिएको, ट्रक चालक जिल्ला तनहुँ घुमाउने नगरपालिका ४ का ५० वर्षीय ढक बहादुर गुरुङ प्रहरीको नियन्त्रणमा रहेका छन् ।