Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत १५, २०८२
☰
Logo आइतबार, चैत १५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ६. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ७. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ८. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • ९. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

  • १०. हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

सबैलाई रुवाउँदै अस्ताए व्यवसायी कँडेल

चितवन, २५ वैशाख –
“दुःखी र कमजोर मन लिएर मसँग डाक्टरको रुपमा पीडा पोख्न कोही आए म शङ्कर कँडेल दाइजस्तो हँसिलो, व्यस्त र समाधानपरक जीवन जिउनुपर्छ भन्थेँ । आज आफ्नो आँखा अघि त्यो आशा दिलाउने दियो निभ्यो, सहन गाह्रो भो ।” जिल्लाका परिचित चिकित्सक डा भोजराज अधिकारीले व्यवसायी शङ्कर कँडेलको निधनको खबर सुनेपछि सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको ‘स्टाटस’ हो यो ।

यो साता जिल्लाका नेता कार्यकर्ता, व्यवसायी सबैको सामाजिक सञ्जालमा यस्तै स्टाटसले भरिए । कँडेलले मङ्गलबार साँझ देहत्याग गरेसँगै जिल्लामा स्तब्धता छायो । धेरैले त्यो रात सुतेनन् । चोक चोकमा कँडेलकै चर्चा भयो । भोलिपल्टबाट सडकमा उहाँकै न्यायका लागि जिल्लावासी उर्लिए । यसलाई न त कुनै दलले रोक्न सक्यो, न त प्रशासनले ।

पाँच दशकको उमेर पार गरेका कँडेल जहिले पनि हँसिलो मुद्रामा भेटिनुहुन्थ्यो । सबैलाई लाग्थ्यो, यस्तो मान्छेलाई पक्कै कुनै पीडा छैन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ भन्दै हुनुहुन्थ्यो “कँडेललाई भेटेपछि ऊर्जा उत्पन्न हुने गर्दथ्यो।” उहाँ मात्रै होइन, सबै पार्टीका नेता कार्यकर्ता र व्यवसायीका लागि ऊर्जाशील हुनुहुन्थ्यो कँडेल ।

पार्टी, सङ्घ संस्थालाई सहयोग चाहिँदा होस् वा कसैलाई बन्द व्यापार गर्नुपर्दा कँडेलकै ढोकामा सबै पुग्ने गर्दथे । कोही कसैले खाली हात फर्किनु पर्दैनथ्यो । कँडेलले जहाँ देहत्याग गर्नुभयो, सुरुमा देख्दै गर्दा धेरैले आफूलाई सम्हाल्न सकेनन् । तिनैमध्येका एक हुनुहुन्छ उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतम । उहाँको घर कँडेलको कार्यालयबाट नजिकै छ । घटनालगत्तै पुग्नुभएका उहाँले सुरुमा पत्यारै गर्नुभएन । उहाँले भन्नुभयो, “जब मैले कँडेल नै देखेँ, सम्हाल्न सकिँन, म ढलेछु, झण्डै २० मिनेटपछि बल्लतल्ल उठेँ । ”

आफूले कँडेलको निधन भएको सुनेसँगै निशब्द बनेको पूर्व सांसद कृष्णभक्त पोखरेलले बताउनुभएको छ । उहाँले यसलाई अपत्यारिलो घटनाका रुपमा चित्रण गर्नुभएको छ ।

कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठले सबैलाई हँसाउने कँडेलको निधनले सबैलाई रुवाएको बताउनुभयो । अप्रत्याशित घटनाले कांग्रेसलाई त क्षति पुगेकै छ समग्र व्यावसाायिक क्षेत्रमा अपूरणीय क्षति पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कँडेल कांग्रेसको मात्रै नभएर साझा व्यक्तित्व हुनुहुन्थ्यो ।”

व्यवसायी कँडेल नेपालका परिचित पोल्ट्री व्यवसायी हुनुहुथ्यो । कांग्रेस पार्टीका महासमिति सदस्य पनि हुनुहुन्थ्यो । आफूले सम्हालेको अनमोल फिड्सको अधिकांश शेयर बिक्री गरी अबको यात्रा राजनीतिक बनाउने योजनामा उहाँ हुनुहुन्थ्यो । पार्टीभित्रका गुट उपगुटको बीचमा साझा चरित्र बनाउनु भएका कँडेललाई कांग्रेस भनेर भन्दा सामाजिक व्यक्तित्व भनेर सबैले चिन्ने गर्दथे ।

कँडेलले भरतपुर महानगरपालिका–३ स्थित आफ्नै कार्यालयमा गत मङ्गलबार देहत्याग गर्नुभएको हो । उहाँले लेखेको मृत्युपत्रमा दुई पात्रलाई मृत्युको कारण उल्लेख गरिएको छ । उनीहरुलाई पक्राउ गरी कारबाहीका लागि दैनिक प्रदर्शन हुँदै आएका छन् । उनीहरुमध्ये एक जीवन रावल पक्राउ परेका छन् भने प्रदीप रुङ्गटा फरार छन् । रावल कँडेलकै कम्पनीका चार्टर एकाउन्टेट हुन् भने रुङ्गटा कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका साझेदार हुन् ।

कँडेलको निधन भएको छैटौँ दिन आइतबार पवित्र तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिएको छ । उहाँ भरतपुर महानगरपालिका–८ निवासी हुनुहुन्थ्यो । (रासस)

Chitwan Aaja चितवन आज
सोमबार, बैशाख २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ओली–लेखक पक्राउपछि कोशीको राजनीतिः एमाले सडकमा, कांग्रेसभित्र दुई धार
असिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तित
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

ताजा समाचार

सबै

ओली–लेखक पक्राउपछि कोशीको राजनीतिः एमाले सडकमा, कांग्रेसभित्र दुई धार

असिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तित

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्ः हर्क साम्पाङ

प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्‍याउनुपर्ने

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

ओली र लेखक पक्राउप्रति एमाले मकवानपुरको आपत्ति

टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली

ओली र लेखक दुवैलाई प्रहरीको २ नम्बरमा गणमा राखिने

प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा

आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ६.
    मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.