दमौली वैशाख ८,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी तोडफोड भएको छ। तनहुँ- १ उम्मेदवार वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको हो।
तनहुँको व्यास नगरपालिका-३ दमौली बजारस्थित सन्तोष होटलअगाडि रोकिराखेको अवस्थामा बा ११ च ४२५० नम्बरको कारमाथि बिहीबार राति तोडफोड गरिएको छ।
कारको बायाँ भागको सिसा फुटाइएको छ भने इटा समेत हानिएको छ। तोडफोड गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।