काठमाडौं बैशाख ०५,
नेपाली बजारमा मंगलबार पनि सुनको कारोबार स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो सुन हिजो र अस्ति पनि सोही मूल्यमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य पनि स्थिर रही एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।