Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, कार्तिक २३, २०८२
☰
Logo आइतबार, कार्तिक २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • ३. सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ४. हेर्नुस तपाइँको आजको राशीफल

  • ५. तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

  • ६. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ७. भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

  • ८. नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी हुने

  • ९. सुत्केरी गराउन भरतपुर अस्पताल पुगेकी एक महिलाको मृत्यु

  • १०. सजिलो एटेन्डेन्स एप्स सार्वजनिक : हाजिरी व्यवस्थापनलाई स्मार्ट, पारदर्शी र सहज बनाउने

वर्ष २०७९ : प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली

रमेश लम्साल

बैशाख ३, काठमाडौँ ।आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ । वर्षदिनभरीमा मुलुकको प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रणालीमा बिजुली थप हुने क्रम क्रमशः वृद्धि भएको छ । यही अवस्था कायम रहे आगामी असार मसान्तसम्म मुलुकको कूल जडित क्षमता करिब तीन हजार मेगावाट बराबर पुग्नेछ ।

आन्तरिक खपतमा वृद्धि गर्दै ऊर्जा निर्यातमार्फत आर्थिक उपार्जन गर्न सरकारले प्रभावकारी पहल गरिरहेको छ । प्राधिकरणका अनुसार हालसम्म दुई हजार छ सय ८९ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिइसकेको छ । आगामी असारसम्म थप १५ आयोजना निर्माण सम्पन्न हुनेछ । त्यसमा प्राधिकरणका सहायक कम्पनीले निर्माण गरेका आयोजना समेत छन् । सो वर्षभरी नै कूल १९ वटा आयोजना पूर्ण रुपमा सञ्चालनमा आए । त्यस्तै, नौवटा आयोजना परीक्षणको अन्तिम चरणमा पुगेका छन् ।

ती आयोजनाको बिजुली समेत प्रणालीमा जोडिसकेको छ । यो वर्ष प्रणालीमा जोडिएको जलविद्युत् परियोजनामध्ये निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो आयोजना हो सोलुखोला दूधकोशी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन भएकाे आयोजना साहस ऊर्जाले निर्माण गरेको हो । सो आयोजनाले गत फागुन १७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो ।

प्रणालीमा जलविद्युत् आयोजनाका अलावा सौर्य परियोजनासमेत जोडिएका छन् । गतवर्ष चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीलगायतका आयोजना प्रणालीमा जोडिदा त्यसले मुलुकको ऊर्जा क्षेत्रमा नै रणनीतिक परिवर्तन गरिदिएको थियो । वर्षायाममा पूर्णरुपमा बिजुलीमा आत्मनिर्भर बनेको मुलुक क्रमशः हिउँदमा समेत सहज अवस्थामा पुग्न लागेको छ । निर्माणका क्रममा रहेका तीन हजार दुई सय ८० मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन् ।

ती सबै आयोजना निर्माण सम्पन्न हुँदा प्रणालीमा झण्डै सात हजार मेगावाट बराबर बिजुली पुग्नेछ । प्राधिकरणले आगामी वर्षायाममा झण्डै एक हजार दुई सय मेगावाट बराबरको बिजुली बिक्रीका लागि तयारी गरिरहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अनुसार निजी क्षेत्रले प्रवद्र्धन गरेका केही आयोजना हाल परीक्षण उत्पादनको क्रममा छन् ।

ती आयोजनाले प्राधिकरणका कर्मचारीको उपस्थितिमा १५ दिन परीक्षण उत्पादन गरेपछि व्यावसायिक उत्पादन सुरु गर्नेछन् । बेनी हाइड्रोपावरले प्रवद्र्धन गरेको माथिल्लो सोलु खोला जलविद्युत् आयोजनाको परीक्षण अन्तिम चरणमा छ । कम्पनीका प्रबन्ध निर्देशक गणेश कार्कीका अनुसार आयोजनाको बिजुली प्रणालीमा जोडिइसकेको र केही दिनभित्रैमा व्यावसायिक उत्पादन सुरु हुनेछ । माथिल्लो सोलु १९ दशमलव आठ मेगावाट क्षमताको आयोजना हो ।

प्राधिकरणका अनुसार सङ्खुवासभाको माया खोला १४ दशमलब नौ मेगावाट क्षमताको आयोजनाले परीक्षण उत्पादन सम्पन्न गरी व्यावसायिक उत्पादन सुरु गर्दैछ । यस्तै रुकुमको रुकुमगाड पाँच मेगावाट, सिन्धुपाल्चोकको घट्टेखोला झण्डै एक मेगावाट पनि व्यावसायिक उत्पादन थाल्दैछ । लमजुङको सुपर दोर्दी ‘ख’ ५४ मेगावाट, नवलपरासीको सौर्य परियोजना दुई मेगावाट पनि प्रणालीमा जोडिसकेको छ ।

त्यस्तै, मोरङको छ दशमलव आठ मेगावाट र बाँकेमा आयोजनास्थल रहेको १० मेगावाट क्षमताको सौैर्य परियोजनाको बिजुली पनि प्रणालीमा जोडिएको छ । परीक्षण उत्पादन भइरहेको अधिकांश आयोजनाबाट बिजुली प्रणालीमा आइरहेकाले प्राधिकरणलाई बिजुली व्यवस्थापनमा सहज भइरहेको छ । प्राधिकरणका अनुसार १० मेगावाट क्षमताको मकरीगाड आयोजनाले पनि यसैवर्ष व्यावसायिक उत्पादन सुरु गरेको हो । दार्चुलामा आयोजनास्थल रहेको सो आयोजनाले सुदूरपश्चिम प्रदेशको बिजुली व्यवस्थापनमा सहयोग पुगेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षको अन्त्यसम्म रसुवागढी, साञ्जेन र मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न सम्वद्ध निर्माण व्यवसायीलाई यसअघि नै निर्देशन दिइसकेका छन् । ती आयोजना सार्वजनिक–निजी साझेदारीमा निर्माण भइरहेका छन् । कूल एक सय ११ मेगावाट क्षमताको रसुवागढी, माथिल्लो र तल्लो साञ्जेन ५७ मेगावाट र एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा जोडिएपछि त्यसले थप सकारात्मक प्रभाव पार्नेछ ।

वर्ष २०७९ मा प्राधिकरणले चार सय २५ मेगावाट बराबरको बिजुली भारत निर्यात गरेको थियो । प्राधिकरणले बिजुली निर्यातबाट मात्रै चालु आवमा रु आठ अर्ब ४४ करोड बराबरको आम्दानी गरेको छ । यसवर्ष बर्खामा बढी हुने एक हजार दुई सय मेगावाट बिजुली निर्यात गर्ने तयारी भइरहेको छ । यस्तै, वर्ष २०७९ मा भारतसँग ऊर्जा व्यापारका लागि महत्वपूर्ण संवाद भएको थियो । बङ्गलादेशमा पनि प्रारम्भिक रुपमा ५० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको छ । न्यू बुटवल गोरखपुर चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

त्यस्तै, सरकारले एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी दर्ता गरेर प्रक्रिया अगाडि बढाएको छ । केही ठूला आयोजना निर्माणका लागि भारतीय कम्पनीले चासो देखाएका छन् । कूल सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको सेती नदी– ६ आयोजनामा भारतीय कम्पनी एनएचपीसीले निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा क्षेत्रमा क्रमशः वैदेशिक लगानी आकर्षित भइरहेको छ ।

यस्तै, आन्तरिक रुपमा स्वदेशी लगानीकर्ताले नै एक हजार पाँच सय ५३ मेगावाट बराबरका आयोजना निर्माणमा लेजाने तयारी गरिरहेको इपानका कार्यकारी सदस्य प्रकाश दुलालको भनाइ छ । निर्माणधीन र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको कूल क्षमता मात्रै चार हजार आठ सय ३४ मेगावाट बराबर छ । त्यस्तै, झण्डै ९६ दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । यस आधारमा हेर्दा गत वर्ष नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण वर्षको परिचय बनाएर हामीबाट बिदा भएको छ ।रासस

Chitwan Aaja चितवन आज
आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुत्केरी गराउन भरतपुर अस्पताल पुगेकी एक महिलाको मृत्यु
खेलकुद महोत्सवमा कराँते प्रतियोगिता : ब्रम्हपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई
भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

ताजा समाचार

सबै

सुत्केरी गराउन भरतपुर अस्पताल पुगेकी एक महिलाको मृत्यु

खेलकुद महोत्सवमा कराँते प्रतियोगिता : ब्रम्हपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्नुपर्ने माग

निर्वाचनमा भाग लिन १८ दलले दिए आयोगमा निवेदन

म बोल्छु, अनि महाधिवेशन सकिन्छ : ओली

इंग्ल्यान्डका सेफ अली जैबले चितवनबाट दोस्रो संस्करणको एनपीएल खेल्ने

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

मनाङमा बेपत्ता भारतीय बाबु-छोरीको शव भेटियो

१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी

बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

चितवन राइनोजको ‘ट्यालेन्ट हन्ट’ भोलिदेखि, भरतपुर र हेटौंडामा हुने

चितवनमा अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

रास्वपाद्वारा समानुपातिक उम्मेदवारी आह्वान, जेनजी र प्रवासबाट फर्किएकालाई आरक्षण

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • ३.
    सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ४.
    हेर्नुस तपाइँको आजको राशीफल

  • ५.
    तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

  • ६.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech