काठमाडौं वैशाख ३,
तपाईँलाई कहिल्यै कसैले वरपरको भुँइमा बस्दा स्वास्थ्यलाई फाइदा हुन्छ भनेर भनेको छ ? सायदै होला ।
अहिलेसम्म हामीलाई धेरै बस्दा आयु छोटिन्छ भन्ने थाहा छ, दुखाइ र जीउ दुख्ने कुरा त छँदै छ ।
तर, एक किसिमको बसाई यस्तो पनि छ जसले तपाईँको हिँडडुलमा मद्दत गर्ने, तपाईँलाई हलुका महसुस गराउने मात्रै हैन आयुसमेत बढाउन सक्छ ।
यतिबेला कुरा आउछ चकटी हालेर बस्ने बसाईको सम्झना । एउटा खुट्टालाई अर्काेको माथि राखेर चकटी हालेर बस्नुले हिँडडुलका लागि शरीरलाई फाइदा गर्छ ।
हिँडडुलले बुढेसकालका सीमितता जस्तो ढाड दुख्ने, लामो समय कम्प्युटर स्क्रिनमा बिताउँदाको काँध र घाटी दुख्नेलगायतका समस्याविरुद्ध पनि काम गर्छ ।
यो सुझाव सैन्य क्षेत्रका व्यक्ति, ओलम्पिक खेलाडीदेखि वर्षाैंदेखि नदौडिएकाहरुको लागि पनि उपयुक्त नै रहने टाइममा प्रकाशित एक लेखमा उल्लेख छ ।
भुइँमा बस्नु किन महत्वपूर्ण छ त ? पहिलो त यसले लामो समय कुर्सी, सोफा वा कारमा बस्दा बन्ने शरीरको दुखाई उत्तेजक पोजिसनलाई सामान्य स्थितिमा ल्याउँछ ।
यस्तै यसले हाम्रो जिउँलाई लामो समय र दिनदिनै सोझो पोजिसनमा राख्न मद्दत गर्छ, यसो हुँदा अंग एवं मासंपेशीहरुको सन्तुलन स्वस्थ रहन जान्छ ।
हाम्रो शरीर भुइँमै आधारित बसाइ पोजिसनका लागि बनेको हो, त्यसैले पनि धेरैजसो मानिसहरु सिटमा बस्दा बसाईको स्थिति फेरबदल गर्छन् र घुँडा टेकेर एवम् चकटी हालेर बस्छन् ।
जब हामी कुर्सीमा परम्परागत तरिकाले लामो समय सोझो बस्छौं, तब हाम्रो तिघ्राको हड्डी, कम्मरभन्दा तलको भाग र हिप जोर्नी दुख्छ र हामी लामो समय यसै स्थितिमा बस्न सक्दैनौं ।
यस्तोमा हाम्रो शरीरले पछाडिको लामो मासंपेशी र खुट्टालाई एकैतर्फ रहनेगरी राख्दै माथिल्लो शरिरलाई दायाँबायाँ कम हलचल गर्ने बनाउँछ ।
यस्तो स्थितिमा रहन यी माशंपेशीहरुमा जोडबल पर्छ र यसले हाम्रो मेरुदण्डमा कठिनाइ सिर्जना गर्द असहज पार्छ ।
तपाईँले पनि कुर्सीबाट उठ्दा असहज वा दुखाई महसुस कति पटक गर्नु भएको छ ?
हरेक दिन भुइँमा बस्नुले यसरी बिग्रिएको शरीरको स्थितिलाई सामान्य अवस्थामा अथवा प्राकृतिक रुपमा जस्तो आकार हो त्यस्तैमा ल्याउन मद्दत गर्छ ।
यसबाहेक अर्को फाइदा भनेको भुइँमा बस्नुले बिहान उठ्नेबेला झनै सशक्त हुन पनि मद्दत गर्छ, जुन अझै महत्वपूर्ण छ ।
किनकि सन् २०१४ मा युरोपेली जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित अध्ययनले ५१ देखि ८० वर्ष उमेरका दुई हजार दुईजना महिला एवम् पुरुषहरुको उठ्न सक्ने क्षमताको मूल्यांकन गरेको थियो ।
६ वर्षपछि सहजै उठ्न सक्ने व्यक्तिहरुभन्दा भित्ता वा अन्य कुरामा टेकाएर उठ्नेहरुमा मृत्युको जोखिम उच्च रहेको पाइएको थियो ।
सहजै उठ्न सक्नुले अय कमजोरीको सम्भावना कम र स्वस्थ रहेको संकेत गर्छ ।
मानिसहरुमा चाँडै नै पनि कुप्रिने वा लड्ने जस्तो समस्या निम्तिन सक्छ जसलाई रोक्न सशक्त रुपमा उठ्न सक्ने क्षमताले मद्दत गर्छ र त्यसका लागि भुइँमा बस्नु महत्वपूर्ण छ ।
त्यसैले एउटा भनेको उठ्ने र बस्ने परीक्षण आफुमाथि गर्न सकिनेछ र अर्काे भनेको भुइँमा बस्ने बानीको विकास गर्न सकिन्छ जसले सहजै उठ्न सक्नेदेखि दुखाइ कम गर्ने र हलुको महसुस गराउन सक्छ ।
बस्ने र उठ्ने अभ्यास
ढुंगा एवं दुखाइ गर्न सक्ने टुक्रा नभएको ठाउँमा एउटै खुट्टा अर्काेमाथि रहेकै अवस्थामा उभिएर विस्तारै खुट्टा क्रस स्थितिमा राखेरै भुईमा बस्नुपर्छ ।
अब, यसै चकटी हालेको स्थितिबाट दुवै हात अगाडि तानेर (सम्भव भए घुँडालाई भुइमा नछोएर र हात कतै नलगाएर) उठ्नुपर्छ ।
यदि तपाईँले एउटा खुट्टा अर्काेमाथि हालेर बसेर उठ्न सक्नु भयो भने यसले तपाईको हिपको फिलेक्जिबिलेटी राम्रो छ भन्ने देखाउँछ । तर, कुनै कुराको सहारा लिएर गर्न सकिए पनि राम्रो नै मानिन्छ । भुँइमा हात लगाएर वा सोफा, भित्तामा हात लगाएर पनि उठ्न सकिन्छ ।
एकपटक यो अभ्यास सुरु गरेपछि पहिलो दिनमै राम्रो गर्न सकिन्छ भन्ने हैन, तर भुइँमा बस्ने र यो अभ्यास गर्न थालेपछि यो सहजरुपमा गर्न सकिन्छ ।
भुइँमा बस्ने विधि ?
पटक पटक गरी दिनमा करिब ३० मिनेट भुँइमा बस्नु फाइदा जनक मानिन्छ । तर, यसो भनिरहँदा ३० मिनेट नै बस्नु पर्छ भन्ने हैन, तपाइँ ५ मिनेट बसेर पनि यो सुरु गर्न सक्नुहुन्छ ।
तपाईँ १० मिनेट पत्रिका पढ्दा, १० मिनेट फोनमा बोल्दा, १० मिनेट कफी पिउँदा वा १० मिनेट ल्यापटप चलाउँदा गरी ३० मिनेट भुइँमा बस्न सक्नु हुन्छ ।
हामी कुनै फिल्म, सिरिज हेर्दा परिवारका अन्य सदस्यसँगै भुइँमा बस्न सक्छौं । अन्त्यमा, तपाइँले आफुलाई चकेटी हालेर बस्ने, उठ्ने अभ्यास र भुइँमा बस्न जबरजस्ती गर्नैपर्छ भन्ने भने छैन ।
यसरी बस्दा हिपलाई कुर्सीमा बस्दा भन्दा फाइदा गर्ने भए पनि अन्य बस्ने तरिकाहरुले पनि यस्तोमा मद्दत गर्छन् ।
एउटा खुट्टा अगाडि तेर्सो तानेर र अर्काे खुट्टा पछाडि तेर्सो नै तानेर ९०–९० डिग्रीको कोणमा बस्नुले पनि हाम्रो हिपलाई दुई फरक दिशामा घुमाउछ ।
खुट्टा सोझै अगाडि र अर्काे खुट्टा पछाडि वा एकातिर तानेर बस्दा, हिँडडुलका लागि सक्रिय रहने हिपतिरको भागलाई, नितम्ब र तल्लो खुट्टाको पछाडिको भागलगायतलाई फुर्तिलो बनाउँछ ।
उमेर अनुसार आफुलाई फुर्तिलो र सक्रिय राखेर स्वस्थ महसुस गर्न मानिसहरुले अनेकौं मापदण्ड पालना गर्नुपर्ने ठान्छन्, तर यो भने बच्चाहरुले पनि गर्न सक्ने अभ्यास हो ।