चैत्र ३०,नारायणगढ
चितवन क्षेत्र नं २ मा यहि बैशाख १० गते हुन गईरहेको निर्वाचनमा सबै राजनीतिक दलहरु आ–आफ्नो तरिका लागिरहेका छन् । घर दैलो चुनाबी सभा यहाँका राजनैतिक दलको दैनिकी हो ।
देशको सबैभन्दा ठुलो राजनीतिक दल नेपाली काँग्रेस यो पटकको उपनिर्वाचनमा निक्कै मेहनतका साथ लागिपरेको छ । नेपाली काँग्रेसका जेष्ठ क्षेत्रिय प्रतिनिधि लक्ष्मण अधिकारी देखि युवा बिद्यार्थीहरु घर दैलो र चुनाबी कार्यक्रमा जोडिएका छन् ।
अधिल्लो निर्वाचनमा रुष्ट भएर अन्यत्र मतदान गरेकाहरु पाटीको साख जोगाउन लागि परेका छन् । उम्मेदवारलाई पाटीको प्रतिनिधिको रुपमा जिताउन लागिपरेका छन् । स्थानिय समस्या र आम नागरिक सँग भिजेका कारण पनि जितनारायण श्रेष्ठको पक्षमा माहोल केन्द्रित भएको भरतपुर १ रामनगरका रामचन्द्र पौडेलले बताए ।
भरतपुर वडा नं ५ का ईन्द्रमणि गैरैले चितवन २ का मतदाताले खाजे जस्तै सवल , सरल र सक्षम युवालाई नेपाली काँग्रेसले उम्मेदवार उठाएकाले जित नारायण श्रेष्ठले निर्वाचन जित्ने दाबी गर्छन । यहाँको मतदाताको चाहाना अनुसारको उम्मेदवार जीत नारायण भएकाले सबै दलले मतदिनेमा आफु विस्वस्त रहेको बताए ।
कालिका नगरपालिका १ पदपुरका वीरेन्द्र तिमिल्सेनाले ‘ दिनेश कोईराला,कृष्णलाल सापकोटा, बिकास कोईराला, भिबबहादुर श्रेष्ठ, मिना खरेल जस्ता काग्रेसका नेताहरुको कारवाही फुकुवाको स्थानिय स्तरमा काग्रेसी कार्यकर्ताहरुमा उत्साह थपेका बताए । ’ उनले थपे काँग्रेस लयमा भएका कारण उप निर्वाचन जितिन्छ ।