काठमाडौं चैत २९,
स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा करोबार भएको छ ।
यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।