काठमाडौं – साताको तेस्रो दिन मङ्गलवार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सोमबार मात्रै प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै तेजाबी सुन भने प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।मङ्गलवार चाँदी प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ ।