चितवन, चैत्र, २७
राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्पर्क कार्यलयको स्थापना अभियान तिव्र पारेको छ । चितवन क्षेत्र नम्बर २ मा आगमाी बैशाख १० गते हुने उपनिर्वाचनको लागी राप्रपाले सम्पर्क कार्यलयको स्थापना अभियान तिव्र पारेको हो।
सोहि अभिानलाई निरन्तरता दिदै सोमबार भरतपुर १० र ११ न. वडामा सम्पर्क कार्यलयको स्थापना गरिएको छ । आइतबार कालिका नगरपालिकाको वडा नम्बर ५, ६ र ८ मा स्थापना गरिएको राप्रपाले सोमबार सो वडामा गरिएको प्रचार प्रसार संयोजक सुलभ सिग्देलले जानकारी दिनु भयो ।
उद्घाटन कार्यक्रममा राप्रापा सहमाहमन्त्रि रिना गुरुङ्गको प्रमुख आतिथ्यतामा भएका कार्यक्रममा उपनिर्वाचनका उम्मेदवार जीवलाल पुरी, केन्द्रिय सदस्य जगदिश पन्त, जिल्ला अध्यक्ष रुद्र प्रसाद ढकाल लगाएतको सहभागीता रहेको थियो ।