चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले व्यक्तिगत रुपमा सुरक्षा प्रयोजनले राखिएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सूचना जारी गरेको छ ।
शुक्रबार सूचना जारी गर्दै कार्यालयले इजाजतप्राप्त हातहतियारहरू वुझाउन भनेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सार्वजनिक सूचना जारी गरिएकाले सवैले पालना गर्न आग्रह गरेका छन् ।
वैशाख १० मा चितवन क्षेत्र २ मा प्रतिनिधिसभा उप निर्वाचन हुँदैछ । आजबाट निर्वाचन आचारसंहिता लागु भएको छ ।






