काठमाडौं चैत २२
स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघ अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको छ ।
मंगलबारको तुलनामा छापावाल सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
छापावाल सुन चैत ५ गते एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च थियो । तर, आज उक्त रेकर्ड ब्रेक गरेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा करोबार भएको छ ।
आज चाँदी प्रतितोला एक हजार ४४० रुपैयाँ कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार