चितवन, १९ चैत
नेकपा एमाले चितवनले चैत २० गते जिल्ला पार्टी कार्यालयमा जम्मा हुन पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गरेको छ । एमाले चितवनका सचिव प्रकाश खनाल शैलेसले आज एक सूचना प्रकाशित गरी दिउँसो २ बजे पार्टी कार्यालयमा जम्मा हुन अनुरोध गर्नुभएको हो ।
वैशाख १० गते हुने चितवन क्षेत्र नं। २ को उपनिर्वाचनको मनोनयन दर्ता गर्न पार्टी कार्यालयमा जम्मा भएर निर्वाचन कार्यालय जाने कार्यक्रम रहेको जनाईएको छ । उक्त क्षेत्रमा एमालेले जिल्ला अध्यक्ष एवं जुझारु युवा नेता रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।