Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, माघ ०१, २०८२
☰
Logo बिहिबार, माघ ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ८. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

एकपटक पुग्नैपर्ने पाथीभरा धाम

ताप्लेजुङ, ९ चैत-
देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

धार्मिक एवं ऐतिहासिकरुपमा महत्वपूर्ण पाथीभराको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएकाले पाथीभरामा आउने तिर्थयात्रीको सङ्ख्या बर्सेनि बढ्दो रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउनुहुन्छ । यहाँ हिन्दू, बौद्ध र किराँत धर्म मान्ने धार्मिक हिसाबले पुग्ने गरेका छन् । वर्षभर नै तीर्थयात्रीको घुइँचो लाग्ने मन्दिरमा कुनै पनि जातजाति, धर्म र सम्प्रदायका मानिसलाई रोकावट छैन ।

भारतका विभिन्न क्षेत्रबाट उल्लेख्यरुपमा तीर्थयात्री आउने मन्दिरमा अन्य मुलुकका समेत पर्यटकहरु फाट्टफुट्ट पुग्ने गरेको पाथीभरा क्षेत्रमा होटल व्यवसाय गरिरहनुभएका इन्द्रनारायण भट्टराईले बताउनुभयो । भारतका सिक्किम, दार्जलिङ, पश्चिम बङ्गाल, विहार, आसाम साथै भुटानबाट आउने तीर्थयात्रीको सङ्ख्या पनि बर्सेनि बढ्दो क्रममा छ । प्रचारप्रसारसँगै यातायातलगायतका पूर्वाधारको विकास हँुदै गएकाले पनि तीर्थयात्रीको सङ्ख्या बढेको हो । पछिल्लो समय पाथीभरा आउन जानका लागि यातायात सहज बन्दै गएको छ । सडक र हवाई दुवै सेवामार्फत ताप्लेजुङ ओहोरदोहोर गर्न सकिन्छ । तीर्थयात्रीको सहजताका लागि समयसमयमा यातायात व्यवसायी, होटल व्यवसायीलगायतका सरोकारवाला सङ्घसंस्थासँग छलफल हुने गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो ।

प्राकृतिकरुपमा नै प्रकट भई प्राकृतिक छटाले भरिपूर्ण साक्षात् देवीको महिमा र गरिमा झन्झन बढ्दै गएको छ । देवी अवस्थित सो ठाउँ पाथी भर्दा चुलिए झैँ देखिने भएकाले पाथीभरा भनिएको स्थानीय समाजसेवी रणबहादुर कार्की बताउनुहुन्छ । पाथीभरा फुङ्लिङ नगरपालिका, सिरिजङ्घा र फक्ताङलुङ गाउँपालिकाको सङ्गम स्थलमा रहेको छ । जताबाट हेरे पनि पाथी भरिएर चुलिए झैँ चुलिएको देखिने भएकाले यहाँको नाम पाथीभरा रहन गएको स्थानीयवासीको तर्क छ । पाथीभरामा अवस्थित देवीको नाम ‘पञ्चकन्या कालीका’ हो । भोग बलि दिइने भएकाले रक्तकाली पनि भन्ने गरिन्छ ।

देवीको उत्पत्तिबारे विभिन्न किंवदन्ती सुन्न पाइन्छ । परापूर्वकालमा एउटा भेडी गोठ थियो । भेडाको सङ्ख्या हजारौँ भएकाले गोठाला पनि थुप्रै थिए । भेडीगोठलाई विभिन्न खर्क ९चरन क्षेत्र० मा सार्दै लैजाने क्रममा गोठालाले मन्दिर रहेको क्षेत्रमा पु¥याए । त्यतिबेला त्यहाँ देवी रहेको गोठालाहरुलाई थाहा थिएन । पाथीभराको शिरमा भेडी गोठ लिएर पुगेका गोठाला गोठ बनाएर बास बसे । भोलिपल्ट बिहान उठेर हेर्दा गोठालाले एउटा पनि भेडा देखेनन् । साँझ जम्मा भएका भेडा एकाएक हराएपछि गोठाला अचम्ममा परे । उनीहरुले दिनभर भेडा खोजी गरे तर कुनै अत्तोपत्तो पाएनन् । दिनभर जङ्गल घुमेर खोजी गर्दा नभेटेपछि साँझ निरास हुँदै बासस्थानतर्फ फर्किएर सुते ।

राति सपनामा सबै गोठालामध्येका एकले साक्षात् कालीको रुप देखेछन् । सपनामै देवीले तिमीहरु नआत्तिनु, मलाई भेडाको बलि दिनु, हराएका तिम्रा भेडा पाउनेछाँै र तिम्रो मनोकामना पनि पूरा हुनेछ भनिन् । ती गोठाला निन्द्राबाट ब्युझिएर हेर्दा आफ्ना हराएका सबै भेडा देखे । त्यसपछि गोठालाले भेडाको बलि दिएर त्यहाँ पूजाआजा गरी अन्यत्रै गोठ सारे । यो घटनाका बारेमा जताजतै हल्ला फैलिएपछि त्यहाँ मानिसले पूजाआजा गर्न थाले । महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकाली गरी पाँच वटा रुप भएकी देवी भएकाले पञ्चकन्या भगवती देवीको रुपमा मान्ने गरिएको छ ।

पाथीभराको प्रसङ्ग किराँत समुदायको धर्म ग्रन्थ ९मुन्धुम० मा समेत जोडिएको छ । किराँत समुदायले पाथीभरालाई मुकुम्लुङ भन्ने गर्छन् । लिम्बू भाषामा मुकुम् भनेको शक्ति र लुङ भनेको पत्थर अर्थात् ढुङ्गा हो । मुकुम्लुङलाई युमा माङका रुपमा पुज्छन् । किराँत समुदायले यूमा माङलाई प्रमुख इष्टदेवको रुपमा लिने गर्दछन् । किरात धर्मअनुसार यूमा माङ किराँत धर्म मान्ने वा उक्त धर्म गुरुमा बेलाबेलामा प्रकट हुने हुन्छ । यूमा माङको एक अवतारका रुपमा महागुरु फाल्गुनन्दलाई समेत मान्ने गरिएको छ । पाथीभरामा फाल्गुनन्दको पूर्णकदको सात फिट अग्लो ढुङ्गाको शालिकसमेत राखिएको छ ।

बौद्धमार्गीले पनि पाथीभरा देवीप्रति आस्था र विश्वास राख्ने गरेका छन् । पाथीभरामा बडादसैँ तथा नवरात्रको समयमा विशेष पूजाआजासहित बलि चढाउने गरिएको छ । पाथीभरा देवीले भक्तजनले चढाएको बलि स्नेहपूर्वक लिने जनविश्वास रहिआएको छ । दर्शनार्थीले बलि नै चढाउनुपर्छ भन्ने अनिवार्य छैन । परेवा उडाएर, फूल, अक्षता चढाई धूप बालेर पनि पूजा गर्ने गरिएको छ । पछिल्लो समयमा पूजाआजाका लागि फूल अक्षता लिएर जानेक्रम बढेको पाइन्छ

पाथीभरामा भगवतीको पूजा गरेर चण्डीपाठ गर्ने, हवन गर्ने शास्त्रीय पद्धति र बलि दिएर पूजा गर्ने पद्धति चलिआएको पाइन्छ । कुनै समय गाउँमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी नहुँदाको अवस्थामा विरामी पर्दा पाथीभरा पुग्ने भाकल गरे पनि निको भइन्छ भन्ने विश्वास, मान्यता राखेर देवीको पूजाआजा र दर्शन गर्ने मानिस सहजै स्वास्थ्य उपचारको पहुँचमा पुग्दाको वर्तमान अवस्थामा पनि उतिकै पाथीभराप्रति विश्वास र आस्था राख्छन् ।

पाथीभरा दर्शनका लागि देशका राष्ट्रप्रमुख, सरकार प्रमुखदेखि सरकारका उच्चपदस्थ व्यक्तित्व बेलाबेलामा पाथीभराको दर्शनका लागि जाने गर्दछन् । सडक यातायात नहुँदा मानिस हिँडेरै पुग्दथे । सदरमुकाम फुङ्लिङबाट हिँडेर पुग्नै एक दिन लाग्थ्यो पाथीभराको यात्रामा निस्किएपछि हरेक खोलानाला तर्नुअघि खोलाको पूजा गर्दै जाने गरिन्थ्यो । तीर्थयात्रीले आफ्ना लागि खानेकुरा, भाँडाकुँडा र ओछ्याउने लत्ताकपडा आफैँ बोकेर जान्थे भने गोठ ओढारमा बस्ने गर्थे । बाक्लो बस्ती नभएकाले र देउरालीदेखि मन्दिरसम्म घना जङ्गल भएकाले समूहमा जाने गरिन्थ्यो ।

अहिले पाथीभरा क्षेत्रको तल्लो फेदीसम्म सवारीसाधन पुग्छन् । पाथीभरा क्षेत्रमा नै तीर्थयात्रीको सेवाका लागि प्रशस्त होटल पसल खोलिएका छन् । बाटो सहज भएकाले देउराली, सुकेटार, फुङ्लिङमै पनि फर्किएर बस्न सकिन्छ । पाथीभराको लोकप्रियता, यसको महिमा र गरिमा चुलिँदै गएकाले पूर्वका विभिन्न ठाउँमा पाथीभराका शाखा मन्दिर स्थापित छन् । तेह्रथुमको हरिसे, बसन्तपुर, टुटे देउराली, सङ्खुवासभाको चौकी बजार, झापाको चारआली, इलामको कुटिडाँडा र ताप्लेजुङकै विभिन्न गाउँमा समेत मन्दिर निर्माण गरी पूजाआजा गर्ने गरिएको छ । ठूलो पाथीभरा पुग्न नसके तिनै मन्दिरबाट समेत भाकल बुझाउने गरिन्छ ।

धार्मिकरुपले मात्रै नभई पाथीभरा प्राकृतिक विविधताको क्षेत्र भएकाले यस क्षेत्रको महत्व झन् बढ्दै गएको छ । विभिन्न प्रजातिका बोटविरुवा, जडीबुटी र दुर्लभ वन्यजन्तु रेड पाण्डासमेत पाथीभरा क्षेत्रमा पाइन्छ । फुङ्लिङ बजार, सुकेटार देउराली हुँदै तल्लो फेदीसम्म सवारीसाधनमा गई सकेपछि माथि मन्दिरसम्म नै पैदल हिँड्नु पर्छ । फटाफट हिँड्न सक्ने तीन घन्टाको अवधिमा मन्दिर पुग्छन् । पैदलमार्गको स्तरोन्नति गरिएकाले र डाँडैडाँडा रमित हेर्दै पाथीभराको उकालो चढ्नुको मज्जा छुट्टै छ । पाथीभरा मन्दिरमा जान आउनका लागि काठमाडौँबाट सिधै सुकेटार विमानस्थलसम्म हवाई सेवा लिन सकिन्छ ।

पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने भएकाले कसैकसैलाई लेक लाग्ने समस्या हुनेगर्छ । प्राकृतिक सुन्दरतासँग रमाउँदै पाथीभरा मन्दिर रहेको डाँडामा पुग्दा कञ्चनजङ्घा हिमशङ्खलाले स्वागत गर्न आइपुग्छ । पाथीभराबाट कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु लगाएका हिमाल आँखै अघि छर्लङ्ग देखिन्छन् । एकातिर पाथीभरा दवीको दर्शन पनि हुने र अर्कातिर प्राकृतिक सौन्दर्यतासँग साक्षात्कार गर्न समेत पाइने भएकाले पर्यटन प्रवद्र्धनमा पाथीभराको महत्व अझ बढिरहेको पर्यटन व्यवसायी हर्क गुरुङले बताउनुभयो ।

कतिपय तीर्थयात्री ताप्लेजुङको तोङ्वा र सुकुटीको स्वाद लिँदै यहाँ उत्पादित चौँरी, गाईको छुर्पि, विभिन्न जडीबुटी, अलैँचीलगाएतका बस्तु चिनोको रुपमा लिएर घर फर्किन्छन् । सुकेटार र फुङलिङ बजारका होटलहरुमा तोङ्वा सुकुटीको स्वाद चाख्न पाइन्छ । “सदरमुकामै रहेका कोशेली घरहरुमा छुर्पी, जडीबुटी, अलैँचीलगायतका सामग्री पाइन्छन् । मन्दिरको दर्शन गरेर फर्किनेहरुले ताप्लेजुङको चिनोका रुपमा लैजाने गर्छन”, पाथीभरा कोशेली घर सञ्चालक विष्णु श्रेष्ठ बताउनुहुन्छ । यहाँका कोशेलीघर, होटल तथा पसलमा स्थानीय उत्पादनहरु प्रशस्त राखिएको हुन्छ । पाथीभराले जिल्लाको धार्मिक पर्यटनको प्रवद्र्धन हुनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा पनि सहयोग पुगेको उहाँको भनाइ छ । रासस

Chitwan Aaja चितवन आज
बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
माघेसङ्क्रान्ति मेला भर्न पवित्रतीर्थस्थल देवघाटमा बिहानैदेखि भक्तजन भीड
चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि
आज बिहिबार यी राशिहरूका लागि शुभ हेर्नुहोस् राशिफल

ताजा समाचार

सबै

माघेसङ्क्रान्ति मेला भर्न पवित्रतीर्थस्थल देवघाटमा बिहानैदेखि भक्तजन भीड

चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि

आज बिहिबार यी राशिहरूका लागि शुभ हेर्नुहोस् राशिफल

नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु

अझै घट्यो काठमाडौँको तापक्रम

चौथो गैँडाकोट महोत्सव : १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन

रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

चितवनमा माघ २ देखि ४ गतेसम्म नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुँदै

कांग्रेसबाट निकालिएपछि गगनले के भने ?

मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

देवघाटमा बाँसको लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.