चैत ८, चितवन – भरतपुरमा १४१ क्यूफिट सिसौको अवैध काठ नियन्त्रणमा लिईको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरबाट १४१ क्यूफिट सिसौको काठ नियन्त्रणमा लिएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी नदी किनारमा सोमबार प्रहरी सिसौको अवैध काठ फेला पारेको हो । उक्त काठ नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी विजयराज पण्डितले जानकारी दिए ।