भरतपुर – मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको अन्तर्राष्ट्रिय जातिय विभेद उन्मूलन दिवस सम्पन्न भएको छ । आज (मंगलबार) जातीय विभेद उन्मूलन गरौ समतामूलक समाज निर्माण गरौँ छुवाछुत मानवता विरुद्ध अपराध हो छुवाछूतमा सङलग्न कानुनी कार्बाही गर भन्ने नारा सहित कार्यक्रम सम्पन्न भएको हो ।
भरतपुरको चौबिसकोठिमा प्रदर्शन कार्यक्रममा पुर्व शाखा सभापति अनन्त ढुंगाना, शाखा कोषाध्यक्ष तारा पौडेल, शाखा सचिव जीवन के सि, कार्यसमिति सदस्य सुपिर्या सापकोटा , सुशील राना, झलक प्रसाद अधिकारी र खेमराज अधिकारी रहेका थिए ।
त्यस्तै, आजिवन सदस्यमा पुर्णचन्द्र चापागाईं, रुबिशा कोइराला, माया पोख्रेल, बिश्वराज ढुङ्गाना, ऋषिराम खनिया, लक्ष्मी सुवेदी राष्ट्रिय माबिका प्रधानध्यापक करुणा पाण्डित, पारिजात आमाबिका प्रावी तह प्रमुख मार्खन्ड खनाल उपस्थित रहेको कार्यक्रमको सभापतित्व शाखा सभापति शम्भु राउतले गरेका थिए ।