चितवन, चैत ३
चैत ५ गते गर्ने भनिएको स्ववियु चुनाव वीरेन्द्र बहुमुखी क्याम्पसमा नहुने भएको छ ।
स्ववियु निर्वाचनका निर्वाचन अधिकृत टीकाराम रिजालले आज दिउँसो एक प्रेस विज्ञप्ति जारी गर्दै तालाबन्दीका कारण ५ गते चुनाव गर्न नसकिने जानकारी दिए ।
अर्काे सूचना प्रकाशन नभएसम्मका लागि स्ववियु निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनका लागि अनुकुल वातावरण सृजना गराउन सम्पूर्ण विद्यार्थी संघ संगठन र सरोकारवाला निकायहरुलाई विज्ञप्तिमार्फत गरिएको छ ।
वीरेन्द्रले स्थगित गरेपछि अन्य क्याम्पसहरुले पनि चुनाव प्रक्रिया स्थगित गरेको सूचना निकाल्न थालेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार