चितवन, चैत ३ –
वीरेन्द्र क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा आगजनी भएको छ । विद्यार्थीहरुले तालाबन्दी गरेको कार्यालयको ढोकामा आज अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको हो ।
५ गते स्ववियु चुनाव गराउन नसक्ने सूचना क्याम्पस प्रशासनले निकालेको केही घण्टामा आगजनी भएको हो ।
क्याम्पस प्रमुख दयाराम पौडेलले कसले आगजनी गरेको हो भन्ने थाहा पाउन नसकिएको बताए । तालाबन्दी गरेर राखिएको कार्यालयको ढोका जलेर कालो भएको छ । ढोकामा टाँसिएका विज्ञप्ति जलेका छन् ।