काठमाडौं चैत २
स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला एक लाख पाँच हजार ७०० मा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
चाँदी पनि प्रतितोला पाँच रुपैयाँले बढेर कारोबार भएको छ । आज चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार