हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन २९
भरतपुर २६ दिब्यनगरमा रहेको उमाबडी आदर्श शेरचन कलेजमा बम जस्तो देखिने संकास्पद वस्तु फेला परेको छ ।
आज सोमबार बिहान कलेज पुगेका बिद्यार्थी प्राध्यापकहरुले संकास्पदवस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले संकास्पद वस्तु प्रहरीको घेरामा रहेको र सेनाको डिस्पोजन टोली जादै गरेको जानकारी दिए ।
प्राध्यापक सबिन न्यौपानेले आज स्ववियु निर्वाचनको लागि मनोनयन दर्ताको कार्यतालिका रहेको चितवन आजलाई जानकारी दिए ।
उनले स्थानीयमा पनि त्रास फैलिएको जानकारी दिए । कलेजमा हिजोदेखि एमाले निकट अनेरास्ववियु र लोसपा निकट विद्यार्थी संगठनले तालाबन्दी समेत गरेको छ ।कलेजमा हिजोदेखि एमाले निकट अनेरास्ववियु र लोसपा निकट विद्यार्थी संगठनले तालाबन्दी समेत गरेको छ । कलेजमा चुनावका लागि जथाभावी विद्यार्थी भर्ना गरिएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो भने लोसपा विद्यार्थी संगठनले चुनाव पुर्ण समानुपातिक हुनुपर्ने माग राख्दै ताला लगाएको छ ।
निवार्चन अधिकृत नवराज पौडेलले आज १० बजेसम्म सबै परस्थिति सामान्य न भए स्ववियुको समयतालिका फेर्नुपर्ने अवस्था आउने बाताए ।