काठमाडौं – साताको चौथो दिन बुधवार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।बुधवार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुन १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन मङ्गलवार मात्रै ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा झरेको छ ।त्यसैगरी चाँदी ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।