Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ३०, २०८२
☰
Logo सोमबार, चैत ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ३. ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ४. रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ५. लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ६. पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

  • ७. सर्लाहीमा सशस्त्र प्रहरीको कडाइ : ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा

  • ८. चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • ९. बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

  • १०. स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण खोटाङको खोटेहाङ गाउँपालिकामा विद्युतीकरणको काम अलपत्र ठेकेदार सम्पर्कविहीन

खोटाङ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण खोटाङको खोटेहाङ गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा विद्युतीकरणको काम अलपत्र परेको छ । ठेकेदार कम्पनी अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभी, काठ्माडौंको लापरवाहीका कारण खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी र खोटेहाङ गाउँपालिका–२ वाप्लुखा तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीको ग्रामिण विद्युतीकरणको काम अलपत्र परेको हो ।

सम्झौताअनुसार गत असारमै विद्युतीकरणको काम सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीले नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रबाट बुझेर लगेको तार, पोल, ट्रान्सफर्मर लगायतका उपकरण निर्माणस्थलमा असरल्ल पारेको छ । खोटेहाङ गाउँपालिकाले विनियोजन गरेको दुई करोडमा विद्युतीकरण गरिएको वडाका बाँकी रहेको ठाउँमा प्राधिकरणमार्फत विद्युतीकरणको काम अघि बढाइएको थियो ।

अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभीले २०७९ असार २० गतेसम्ममा विद्युतीकरणको काम सक्नेगरी २०७८ फागुन १६ गते एक करोड १० लाखमा विद्युतीकरणको ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले खोटेहाङ गाउँपालिकामा ७० लाख र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४० लाखमा विद्युतीकरणको काम गर्नेगरी ठेक्का सम्झौता गरेको हो । तर सो कम्पनीले २०७९ असार १ गते ४१ हजार ८५८ रुपैयाँ बराबरको पोल, तार, ट्रान्सर्फर लगायतका सामान बुझेर लगे यता अन्य उपकरण नलगेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ईन्जिनियर बिजयराज रेग्मीले बताए ।

लिकुवापोखरीमा लगिएका पोल, तार, ट्रान्सफर्मर लगायतका उपकरणहरु अलपत्र पारिएका छन् । डेढ वर्षदेखि हङमा र पिक्लाममा पोल र तार छरपष्ट राखिएको स्थानीय राजकुमार राईले बताए । अँधेरी र खैलामा डोजरले अलपत्र तार चुँडाएको छ । ‘हङ्मामा तार छरपष्ट छ । पिक्लाममा पोल लडिरहेको छ,’ राईले भने, ‘डेढ वर्षअघि बल्नुपर्ने बत्ती अझै बलेको छैन । यो विद्युतको लापरवाही हो । ठेकेदारको बदमासी हो ।’

लिकुवापोखरीका पुर्ववडाध्यक्ष खड्ग कार्कीका अनुसार निर्माण व्यवसायी दिनेश थापाले ४९ वटा पोल पिक्लाम र बेगुवामा बेवारिसे अवस्थामा राखेको छ । ढुवानीको जिम्मा लिएका भविन कार्कीले हालसम्म भुक्तानी पाएका छैनन् । विद्युतीकरणका लागि आवश्यक उपकरण नेपाल विद्युत प्राधिकरणले उपलव्ध गराइरहेकोछ । निर्माण कम्पनीले उपलव्ध सामग्री ढुवानी गरेर एचटि तथा एलटि लाईनको पोल गाड्ने, तार टाँग्ने, ट्रान्सफर्मर इन्स्टलेसन गर्ने लगायतका काम गर्नुपर्ने सम्झैता छ ।

ठेकेदार थापाले बाँकी सामान बुझ्ने, ढुवानी गर्ने तथा कार्य सम्पन्न गर्न कुनै चासो नदेखाएको प्रमुख रेग्मीले बताए । विद्युतीकरणका लागि आवश्यक एबिसि केवल, डिस्क, पिन, तार, च्यानल हार्डवेर स्टोरमा रहेको दिक्तेल वितरण केन्द्रले जनाएको छ ।

ठेकेदार सम्पर्कविहीन

विद्युतीकरणको ठेक्का लिएको निर्माण कम्पनीले सम्झौता मितिभित्र काम सम्पन्न नगरेपछि २०७९ पुस ३० गतेसम्मका लागि म्याद थप गरिएको थियो । थप भएको म्याद पनि कामै नगरी गुज्रिएपछि ठेकेदार कम्पनी पुःन म्याद थपका लागि सम्पर्कमा नआएको प्राधिकरणको दिक्तेल वितरण केन्द्रले जनाएको छ ।

विद्युतीकरणको काम अलपत्र पारेपछि २०७९ भदौ ७ गते ताकेता पत्र पठाएको दिक्तेल वितरण केन्द्रले सम्झौता उल्लंघनका विषयमा २०७९ मंसिर १८ गते स्पष्टीकरण माग गरेको थियो । जवाफमा २०७९ मंसिर २५ गते स्पष्टीकरण दर्ता गरेको ठेकेदारले २०७९ माघ ३० गतेसम्ममा सबै काम सक्ने मञ्जुरनामा गरेका थिए । तर, निर्माण व्यवसायी थापाले फोन नै उठाउन छाडेको लिकुवापोखरीका वडाध्यक्ष धनबहादुर महाराजीले बताए । ‘अहिलेसम्म ८० वटा पोल झारेका छन् । आधा क्वायल तार छरपष्ट परेको देखिन्छ,’ महाराजीले भने, ‘पुस १५ गते फोन गर्दा पाँच दिनपछि आएर काम गर्छु भनेको ठेकेदारले अहिले फोन उठाउन छाडेको छ ।’

विद्युतीकरण अलपत्र हुँदा मिटरबक्स पनि थन्किए

विद्युतीकरणको काम अलपत्र हुँदा अधिकांश सेवाग्राहीका मिटरबक्स पनि थन्किएका छन् । लिकुवापोखरीमा प्रतिघर चार हजारका दरले रकम उठाएर लगिएको मिटर बक्स हालसम्म राखेकै ठाउँमा थन्किएका छन् । लिकुवापोखरीका सेवाग्राहीबाट रकम उठाएर विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिक शिव श्रेष्ठले २०७७ भदौमा दिक्तेलबाट ३० सेवाग्राहीको मिटर बक्स लगेर पुर्ववडाध्यक्ष कार्कीको घरमा थुपारेका छन् । लालपुर्जा नभएका सेवाग्राहीबाट श्रेष्ठले मिटर बक्स ल्याउनका लागि प्रतिपरिवार छ हजारका दरले रकम उठाएका थिए । श्रेष्ठले पैसा उठाएर मिटर बक्स खरिद गरेर गाउँमा लगिदिने ठेक्का लिएका हुन् ।

विद्युतीकरणको काम अलपत्र पर्दा र ऋणपान गरेर ल्याएको मिटर बक्स हलसम्म प्रयोगमा नआउँदा सेवाग्राही आक्रोशित छन् । विद्युतीकरणका क्रममा मिटर बक्स र घरसम्म पुग्ने तार स्वयं ग्राहकले खरिद गर्नुपर्ने हुन्छ । विपक्षीले राजनीतिक फाइदाका लागि पुर्ववडाध्यक्ष कार्कीले मिटर बक्स आफ्नो घरमा राखेको आरोप लगाउँछन् । कार्कीले भने विद्युतीकरण सकिएपछि लैजानेगरी आफ्नो घरमा मिटर बक्स स्टोर गरिएको बताउँछन् ।

कार्य सम्पादन जमानत जफतका लागि बैंकलाई पत्राचार

खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको विद्युत विस्तारको काम अलपत्र पारेको भन्दै नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले अजिमा–मरिन–चन्द्रकुमारी जेभीको कार्य सम्पादन जमानत जफतका लागि बैंकलाई पत्र पठाएको छ । बोलपत्रदाताले समयमा काम नगरेको हुँदा ठेक्का रद्ध गरिएको उल्लेख गर्दै दिक्तेल वितरण केन्द्रले कृषि विकास बैंक लिमिटेड, स्वयम्भु, काठ्माडौंलाई वितरण केन्द्रको नाममा जारी गरिएको पर्फमेन्स ग्यारेन्टी जफत गराएर वितरण केन्द्रको धरौटी खातामा जम्मा गर्न पत्राचार गरेको हो ।

फागुन ८ गते पठाइएको पत्रमा निर्माण कम्पनीको तीन लाख १६ हजार रुपैयाँ पर्फमेन्स ग्यारेन्टी जफत गर्न भनिएको छ ।

 

Chitwan Aaja चितवन आज
आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा
विदेश भ्रमण सकेर फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, हिन्द महासागर सम्मेलनमा नेपालको सक्रियता
बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छः वस्नेत

ताजा समाचार

सबै

नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

विदेश भ्रमण सकेर फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, हिन्द महासागर सम्मेलनमा नेपालको सक्रियता

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छः वस्नेत

क्यान्सर अस्पतालमा बजेट संकट: सरकारबाट ४१ करोड नआउँदा सेवा सञ्चालनमा दबाब

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

गृहमन्त्रीको प्रश्नः मन्त्री बन्नुअघि मैले कमाउनु पाप हो ?

जनतालाई तरकारीमा लाउने लसुन छैन, नेताहरूसँग सुन नै सुन: सांसद साम्पाङ

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पाँच वर्षमा कृषि विकास कार्यालयद्वारा रु ४५ करोड अनुदान वितरण, ९१५ किसान लाभान्वित

कुरिलो खेती गरेर आश्रम चलाईँदै

वर्षको अन्तिम दिन घट्यो सुनको मूल्य

अमेरिकाको इरानी बन्दरगाह नाकाबन्दी घोषणा: तेल मूल्यमा तीव्र उछाल, तनाव चुलियो

रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

“तटस्थ र निष्पक्ष भएर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता”

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ३.
    ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ४.
    रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ५.
    लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ६.
    पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.