Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ३०, २०८२
☰
Logo सोमबार, चैत ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ३. ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ४. रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ५. लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ६. पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

  • ७. ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण

  • ८. सर्लाहीमा सशस्त्र प्रहरीको कडाइ : ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा

  • ९. चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • १०. बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

यसरी हुँदैछ राष्ट्रपतिको निर्वाचन

काठमाडौँ  – मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । सोही दिन अपराह्न ४ बजेभित्र मनोनयपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ भने फागुन २५ गते १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना प्रारम्भ हुने साँझ ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको परिसरभित्रै मतदान केन्द्र रहनेछ । नेपालको संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ ।

संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । मुलुकमा २०६२÷६३ को आन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास हुँदै आएको छ । नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था गरिएको छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ ।

राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को तीन सय ३१ र सातै प्रदेशका प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८१ कायम छ । राष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ । सङ्घीय संसद् र प्रदेशसभा सदस्यको मतभार फरक हुने भएकाले सो व्यवस्था गरिएको हो ।

धारा ६२ (१) मा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यको मतभार सङ्घीय कानुनबमोजिम फरकफरक हुने उल्लेखित छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । कूल जनसङ्ख्या (पछिल्लो राष्ट्रिय जनगणनाअनुसार) लाई सङ्घीय संसद्का सदस्यको कूल सङ्ख्याले भाग गरेर आएको भागफललाई फेरि एक हजारले भाग गरेर सङ्घीय संसद्का सदस्यको मतभार निकालिन्छ ।

कूल जनसङ्ख्या (पछिल्लो राष्ट्रिय जनगणनाअनुसार) लाई प्रदेशसभा सदस्यको कूल सङ्ख्याले भाग गरेर आएको भागफललाई फेरि एक हजारले भाग गरेर प्रदेशसभाका सदस्यको मतभार निकालिन्छ । राष्ट्रपतिको उम्मेदवार बन्न पाँच÷पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ । निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ । त्यसरी बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ । त्यस्तो मतदानमा कूल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन् ।

बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीचको मतदानबाट समेत कुनै उम्मेदवारले कूल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनःमतदान हुनेछ । त्यस्तो मतदानमा खसेको कूल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ । संविधानको धारा ६२ को उपधारा (६) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद रिक्त हुने व्यवस्था छ ।

सङ्घीय संसद्का सदस्यको कूल मतभार २६ हजार एक सय ४९ र प्रदेशसभा सदस्यको कूल मतभार २६ हजार ४०० हुन आउँछ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् । राष्ट्रपतिबाट सम्पादन गरिने जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिश र सम्मतिबाट हुनेछ ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने उल्लेख छ । राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ । नेपालमा राष्ट्रपतिको पहिलो निर्वाचन विसं २०६५ साउन ४ गते भएको थियो ।

उक्त निर्वाचनमा तत्काल कायम संविधानसभाका पाँच सय ९४ सदस्य मतदाता भए तापनि केही राजनीतिक दलले निर्वाचनमा भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्र मतदान गरेका थिए । उक्त निर्वाचनमा डा.रामवरण यादवले दुई सय ८३ र रामराजाप्रसाद सिंहले दुई सय ७० मत मत प्राप्त गरे । प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेको हुँदा साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा यादवले तीन सय आठ र सिंहले दुई सय ८२ मत प्राप्त गरेका थिए । यादव बहुमत प्राप्त गरी नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

२०७४ पछि राष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का तीन सय २६ र प्रदेशसभा सदस्य पाँच सय ३६ जनाले मतदान गरेका थिए । उक्त निर्वाचनमा विद्यादेवी भण्डारीले ३९ हजार २७५ र कुमारीलक्ष्मी राईलाई ११ हजार ७३० मतभार प्राप्त गरेका थिए । पहिलो चरणमा नै बहुमत प्राप्त गरी भण्डारी राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा
विदेश भ्रमण सकेर फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, हिन्द महासागर सम्मेलनमा नेपालको सक्रियता
बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छः वस्नेत

ताजा समाचार

सबै

नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

विदेश भ्रमण सकेर फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, हिन्द महासागर सम्मेलनमा नेपालको सक्रियता

बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छः वस्नेत

क्यान्सर अस्पतालमा बजेट संकट: सरकारबाट ४१ करोड नआउँदा सेवा सञ्चालनमा दबाब

कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

गृहमन्त्रीको प्रश्नः मन्त्री बन्नुअघि मैले कमाउनु पाप हो ?

जनतालाई तरकारीमा लाउने लसुन छैन, नेताहरूसँग सुन नै सुन: सांसद साम्पाङ

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पाँच वर्षमा कृषि विकास कार्यालयद्वारा रु ४५ करोड अनुदान वितरण, ९१५ किसान लाभान्वित

कुरिलो खेती गरेर आश्रम चलाईँदै

वर्षको अन्तिम दिन घट्यो सुनको मूल्य

अमेरिकाको इरानी बन्दरगाह नाकाबन्दी घोषणा: तेल मूल्यमा तीव्र उछाल, तनाव चुलियो

रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

“तटस्थ र निष्पक्ष भएर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता”

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ३.
    ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ४.
    रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ५.
    लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ६.
    पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.