भरतपुर – नारायणी पब्लिक स्कुल भरतपुर ११ को आयोजना र वि. पि कोईराला क्यान्सर अस्पतालको प्रविधिक सहयोगमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयका करिव ८१ जना महिला अभिभावकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो जसमा ७ जना अभिभावकहरुको स्वास्थ्यमा समस्या देखिएकाले थप परिक्षणको लागि अस्पतालमा रिफर गरिएको छ ।
वि. पि कोईराला क्यान्सर अस्पतालका स्किनिङ्ग विशेषज्ञ मन्जु शर्मा , तारा दवाडी तगाएतको टोलीले अभिभावकहरुको स्वास्थ्य परीक्षण गरेको थियो । स्कुलले यस्तै खालको शिविर तथा परीक्षण विगतका दिनहरुमा पनि गर्दै आएको र यस्ता कार्यक्रहरुले आफूहरुलाई निकैनै फाईदा पुगेको अभिभावकहरुको भनाई रहेको कुरा कार्यक्रम संयोजक अनिसा श्रेष्ठले जानकारी दिए ।