चितवन,फागुन ९ –
चितवनमा ४१ औं राष्ट्रिय मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले फागुन १५ गते नारायणी नदि किनारमा सांस्कृतिक कार्यक्रम सहित मगर एकता दिवस मनाउन लागेको हो ।
कार्यक्रमको तयारी समेत अन्तिम चरणमा पुगेको आज ९मंगलबार० मगर भवन पोखरा बसपार्कमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । २०३९ फागुन १५ गते तनहुँको दमौलीमा मगरहरुको एकताबद्ध हुदै प्रथम राष्ट्रिय भेलासंगै यो दिवस मनाउदै आएको छ ।
‘मगर इतिहास, भाषा, संस्कृति र धर्म संरक्षण सम्बर्द्धन मगरहरुको मूल मन्त्र,मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र ।” नाराका साथ ४१ औं दिवस मनाउन लागिएको हो ।
दिवसकै अवसर पारेर समितिले मगर इतिहास, भाषा, संस्कृति र धर्म संरक्षण सम्वद्र्धनका साथै मगरात पहिचानका लागि मगर एकता दिवस मनाउन लागिएको मगर संघ जिल्ला समयन्य समिति चितवनका अध्यक्ष ठाकुर सिंह आले मगरले जानाकारी दिए ।
कार्यक्रमको पुर्वसन्ध्यामा विहान १० बजे शोभायात्रा क्याम्पाचौरबाट सुरुभई पुतलीबजार चोक, लिला चोक हुँदै नारायणी नदी किनार प्रदर्शनी मैदानमा प्रवेश गर्ने जानकारी दिईएको छ ।
दिवस बृहत् सांस्कृतिक कार्यक्रम गरी मनाउन लागिएको उनले बताए । उनले भने, ‘कार्यक्रममा १८ वटा नृत्य प्रस्तुत हुने छन् । त्यसमा २ वटा मगर समुदायको मौलिक नृत्य हुने छ । साथै जनप्रतिनिधि र पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहने छ । ज्येष्ठ नागरिक तथा विभिन्न क्षेत्रमा काम गरी रहेका मगर समुदायका व्यक्तिलाई सम्मान गरिने छ ।’
यस नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवन मातहत आवद्ध रहेका ५ वटा भातृ संगठन, ७ वटा स्थानीय तहका ४८ वटा प्रारम्भिक वडा समितिहरुबाट कार्यक्रममा सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।त्यस्तै भेलामा जिल्लाभरबाट करिब ३० देखी ३५ हजार व्यक्तीहरु आउने अनुमान गरिएको अध्यक्ष आले मगरले जानाकारी दिए ।