चितवन फागुन ७
लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय सम्मेलन यही फागुन ७ र ८ गते चितवनमा हुने भएको छ ।
सो सम्मेलनमा १३ जिल्लाका दुई सय ८८ प्रतिनिधिको सहभागिता हुनेछन् ।
साङ्गठनिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति तथा कार्यक्रम तय गर्ने महासचिव महासचिव निरन्ती तुम्बापोले जानकारी दिएकी छिन । सो सम्मेलनमा ऐतिहासिकस्थलको संरक्षण, अमूर्त सांस्कृतिक सम्पदाको सूची निर्माण, समाधिस्थलको संरक्षणलगायतका विषयमा छलफल हुने छ ।
विसं २०७८ को जनगणनाअनुसार नेपालमा तीन लाख ८७ हजार बढी जनसङ्ख्या रहेको छ । किरा्तीको भाषा संस्कृति जगेर्ना गर्ने उद्देश्यले २०४६ सालमा यो संस्था स्थापना भएको हो
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






